शिक्षक छनौटमा अनमियतता,अख्तियारको बिशेष अदालतमा मुद्धा दायर

Read Time:1 Minute, 42 Second

मुद्धा दायर गरेपछि पाल्पाका ३ शिक्षक सहित समितिका अध्यक्ष निलम्बित

देब पचभैया

पाल्पा, असोज २३ – गएको बर्ष शिक्षक छनौट गर्दा परिणाम फेरबदल गरी भष्ट्राचार गरेको अभियोगमा अख्तियारले बिशेष अदालतमा मुद्धा दायर गरेपछि जिल्ला शिक्षा कार्यालय पाल्पाले आज (बिहिबार) पाल्पाका ३ शिक्षक सहित बिधालय ब्यवस्थापन समितिका अध्यक्षलाई निलम्बन गरेको छ ।

पश्चिम पाल्पाको भुवनपोखरी गाबिसमा रहेको जनजागृती  निमाबिमा प्राथमिक तहको करार शिक्षक छनौट गर्दा परिणाम फेरबदल गरेको अभियोगमा बिधालयका ब्यवस्थापन समितिका अध्यक्ष मिन बहादुर दर्लामी,प्रधानाध्यापक एक प्रसाद श्रेष्ठ,छनौट समितिका बिशेषज्ञ बिष्णु उच्च माबि पोखराथोकका शिक्षक मथुरा ढकाल र कालिका निमाबि चाप्पानीका शिक्षक डोल राज अर्याल माथि अख्तियारले छानबिन गरी कारबाहीको लागी हिजो बिशेष अदालतमा मुद्धा दायर गरेको थियो ।

अख्तियारको निर्देशन पछि उनीहरु चारै जनालाई निलम्बनको लागी आज दिउसो पत्र काटिएको जिल्ला शिक्षा अधिकारी टोप बहादुर श्रेष्ठले जानकारी दिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %