देब पचभैया
पाल्पा, असोज २२ – बोक्सीको आरोपमा पाल्पा रामपुरकी ६८ बर्षिया एक बृद्धा कुटिएकी छिन् । नाङ्गै बनाएर उनी कुटिएको स्थानियले बताएका छन् । उनी रामपुर अस्पतालमा उपचार पछि घर फर्किएकी छिन् ।
गएको सोमबार रामपुर नगरपालीका ११ पिपलचौरकी ६८ बर्षिया बृद्धालाई नाङ्गै बनाई गुप्ताङ्ग लगाएतका ठाउमा चोट लाग्ने गरी कुटिएको उनको झण्डै सात मिनेटको भिडियो समेत सार्बजनिक भएको स्थानियले जानकारी दिएका छन् ।
घटनामा संलग्न स्थानिय ३९ बर्षिय गंगाबहादुर दर्जी र उनका ३४ बर्षिया श्रीमती बिमलालाई प्रहरीले नियन्त्रणमा लिएर कारबाही चलाईएको पाल्पाका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक शिब कुमार श्रेष्ठले जानकारी दिए । उनीहरुलाई मंगलबार बेलुकी नियन्त्रणमा लिएको र बुधबार मुलुकी एैनको अदालतको महल अनुसार बोक्सीको आरोपमा मुद्धा दर्ता भएको श्रेष्ठले जानकारी दिए । भिडियोमा पिडित पक्ष र कुटपिटमा संलग्नको मात्रै अनुहार देखिएपनि बाहिरी हल्लाको आवाज धेरैको आएकाले स्थानियबासीकै सामुन्ने उनीमाथि कुटपिट भएको अनुमान गरिएको छ ।
पिडित महिला र कुटपिटमा संलग्न भनिएकी बिमला दर्जी दुबै नाङ्गै भएको भिडियो स्थानियले मोबाईलबाट खिचेर सार्बजनिक गरेका थिए । तैहोस बोक्सी, तलाई नाङ्गै बनाउनुपर्छ भन्दै शरिरका सबै लुगा फुकालिदिएर उनलाई कुटेको स्थानियले बताएका छन् । मुलुकी एैनमा बोक्सीको आरोपमा कुटपिट गर्नेलाई ३ महिना देखि २ बर्ष सम्म कैद वा ५ हजार देखि २५ हजार सम्मको जरिवाना गर्न सकिने ब्यवस्था छ ।
