देब पचभैया
नेपालीहरुको महान पर्वको अवसरमा बेथल बोर्डिङ स्कुल तानसेनमा गठित बेथल भू. पु. विद्यार्थी समाजको भेला तथा विजया दशमी र दिपावलीको शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न भएको छ ।
प्रत्येक वर्ष आयोजना हुने कार्यक्रममा यस वर्ष विभिन्न कलेजबाट प्रविणता प्रमाण पत्र तह उत्र्तीण भू. पु. विद्यार्थीहरुलाई सम्मान गरिएको थियो । हाल कक्षा १० मा अध्ययनरत विद्यार्थी तथा भू. पु. विद्यार्थीहरु विच उच्च शिक्षा अध्ययनका अनुभवहरु आदान प्रदान पनि गरिएको थियो । भू.पु. विद्यार्थी बिनु राना, बिशाल रानाले अध्ययनरत विद्यार्थीहरुलाई उत्प्रेरणात्मक मन्तब्य राख्नुको साथै समाजका अध्यक्ष ज्ञानबहादुर रानाले हाल सम्म बेथल स्कुलबाट एस.एस.सी. उत्र्तिण विद्यार्थीहरुले वर्तमानमा गरिरेका प्रगति उन्नतीका विषयमा आफ्नो महत्वपूर्ण प्रस्तुती राखेका थिए ।
प्रमुख अतिथि विद्यालय सञ्चालक समितिका अध्यक्ष माधवप्रसाद नेपालले विद्यालयमा अध्ययनरत साथीहरुसँगको अनुभव अत्यन्तै अविश्मरणीय हुनुको साथै यस्ता कार्यक्रमहरुले कक्षा १० मा अध्ययनरत विद्यार्थीहरुलाई उच्च शिक्षा अध्ययनको लागि मार्गदर्शन गर्दछ भन्ने धारणा राख्दै विद्यार्थीहरुको शैक्षिक सफलताको शुभकामना व्यक्त गरेका थिए ।
विद्यालयका प्रिन्सिपल खेमबहादुर सारु, सहायक प्रिन्सिपल रुपचन्द्र थापा, शिक्षक महेन्द्र पोखरेल, प्रेमकुमारी थापा, रमेश सारुले शुभकामना मन्तब्य राखेका थिए । भू. पु. विद्यार्थी समाजका अध्यक्ष ज्ञानबहादुर रानाको अध्यक्षतामा भएको कार्यक्रम सचिव निर्मल सोमैको सञ्चालनमा सम्पन्न भएको थियो ।
भू. पु. विद्यार्थीहरुको भेलाले वर्ष २०७१–७२ को लागि निर्मल सोमैको अध्यक्षतामा १३ सदस्यीय कार्य समितिको पनि गठन गरेको छ । समितिको उपाध्यक्षमा ममता थापा, सचिव बिनु राना, कोषाध्यक्ष आरजु कार्की, सह सचिव असिम रुचाल राना, र सदस्यहरुमा बिशाल राना, सृजना सारु, लिनिशा गाहा, प्रशंसा रेग्मी, मुना भट्टराई, रबिन गैरे, सागर न्यौपाने रहेका छन् ।
