गोविन्द घर्ती
देवदह आश्विन २१ । सहमतिबाट संविधान जारी हुन कठिन हुने भएको कारण प्रक्रियामा गएर तोकिएर्कै समयमा संविधान जारी गर्नु पर्ने क्षेत्र नं १, रुपन्देहीका सभासद अव्दुल रज्जाकले बताएका छन । संविधान जारी गरेपछि मात्र लोकतन्त्रको संस्थागत विकास हुने हुदा संविधान जारी गर्नुको विकल्प नभएको दावी गरेका थिए । देशमा कृषि र पर्यटनको विकास गर्न सके वेरोजगार युवाहरुलाई स्वदेशमा नै रोजगार सृजना गर्न सकिनेमा जोड दिए । देवदह क्रिकेट यूनिटको आयोजना र वाईपी हार्डवेयरको प्रायोजनमा संचालन गरेको अञ्चल स्तरीय वाईपी कप–०७१ क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै रज्जाकले उक्त कुरा बताएका थिए । सभासद रज्जाकले देवदह नगरपालिकामा खेल मैदान निर्माण गर्न पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन । यूनिटका अध्यक्ष सुदीप पराजुलीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला शिक्षा कार्यालय रुपन्देहीका जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा, ईलाका प्रंहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक दिलिप घिमिरे, नेपाल कराते महासंघका अध्यक्ष भरत केसी, जिल्ला विकास समिति रुपन्देहीका ईन्द्र सापकोटा, क्रिकेट प्रशिक्षक वसन्त शाही, नेपाल भारत मैत्री संघका वासुदेव रिमाल, नेकपा एमाले पदम थापा, नवप्रभात बचत तथा ऋण सहकारीका मिना श्रेष्ठ लगायतले बोल्र्दै खेलकुदको विकासको लागि राज्यले लगानी गर्नु पर्नेमा जोड दिएका थिए । यूनिटका उपाध्यक्ष विजय गुरुङ्गको स्वागत र पवन पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा अन्डर सिक्टिनका क्रिकेट खेलाडी अनिल खरेल र प्रक्षिक वसन्त शाहीलाई सम्मान गरिएको थियो ।
संविधान जारी गरेपछि मात्र लोकतन्त्रको संस्थागत विकास हुने
Read Time:2 Minute, 35 Second
