सरकार बचाउन प्रधानमन्त्रीले पिडिए संझौता गरे : देब गुरुङ्ग

Read Time:3 Minute, 24 Second

बिरेन्द्र र ज्ञानेन्द्र राष्ट्रबादी भएको दाबी

देब पचभैया

पाल्पा, असोज १५ – नेकपा माओबादीका सचिब देब गुरुङ्गले सरकार बचाउनको लागी प्रधानमन्त्री शुशिल कोईरालाले नेपालको अहित हुने पिडिए संझौतामा हस्ताक्षर गरेको आरोप लगाएका छन् ।  

भारतीय शासकले नेपालको जलस्रोत कब्जा गर्ने रणनितिमा शुशिल कोईलामा फसेको भन्दै उनले बरु राष्ट्रियताको रक्षाको लागी पुर्ब राजा बिरेन्द्र र ज्ञानेन्द्रले राम्रो काम गरेको उनको भनाई थियो ।  

नेकपा माओबादी पाल्पाले आज (बुधबार) बिहान तानसेनमा आयोजना गरेको राष्ट्रिय स्वाधिनता र नेपालको जलश्र्रोत निति बिषयक अन्र्तक्रिया कार्यक्र्रममा सचिब गुरुङ्गले भारतले भनेको ३ कुरा नमान्दा बिरेन्द्रको हत्या भएको जिकिर गरे ।  

माओबादी दबाउन सेना प्रयोग , नेपालका जलश्र्रोत भारतीय कम्पनीहरुलाई सुम्पिन र नेपालका सबै सुरक्षा संयन्त्र हिन्दुस्थानको जिम्मा लगाउने लगाएतका भारतले भनेको नमान्दा बिरेन्द्रको हत्या भएको हो, उनले भने, त्यहीकुरा नमान्दा मदन भण्डारीको पनि हत्या भएको हो ।

भारतको स्वार्थ पुरा नगर्दा ज्ञानेन्द्रपनि सत्ताच्युट भएको भन्दै उनले

काग्रेस र एमाले भित्रका नेता र प्रतिपक्षहरुको दबाबका बावजुद सुशिल कोईरालाले गरेको निर्यातमुखि पिडिए संझौतामा पनि धेरै रहस्यहरु लुकेको बताए ।

पिडिए संझौताले नेपालको अधिकार भारतको कुनै प्रान्तको भन्दा पनि कमजोर बनाएको भन्दै गुरुङ्गले भन्नुभयो, कुनै सन्धि, सम्झौता गर्नुपरे भारतको कुनै प्रान्तमा पनि ब्यापक छलफल र सहमति गर्नुपर्छ, तर नेपालमा प्रधानमन्त्री या कुनै सचिबको कलमको भरमा राष्ट्रघाती संझौता भएको छ, यो दुखद कुरा हो । जन्मको आधारमा नागरिकता बाड्ने भारतको दबाबलाई प्रचण्डले स्वीकार गर्दा राष्ट्रियताको सवाललाई कमजोर बनाउदै लगेको उनको दाबी छ । 

नेपाली राजनैतिक दलका नेताहरु बिदेशीको ईसारामा नाच्दा राष्ट्रिय अस्मिता कमजोर भनेको भन्दै यस्तै अवस्था रहीरहे नेपाल भारतको कुनै प्रान्तमा खुम्चिनुपर्ने चेतावनी दिए ।  

राष्ट्रिय सहमतिका आधारमा संबिधान निर्माग गर्न आफुहरु सधै तत्पर रहेको भन्दै उनले एमाले नेता केपी वलीले संबिधान सभा बाहिर कुनै पनि संझौता नगर्ने उद् घोसले राजनितिक समस्या हल हुन नसकेको आरोप लगाए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %