विनोद रखाली मगर
गल्याङ्, असोज १२ – स्याङ्जाको पेलाकोट गाविस स्थित मान्केखोला थुनिदा दर्जनौ मोटरसाइकल यात्रु विचल्लीमा परेका छन् । मान्केखोलाको पानी सिचाँइको लागी थुनेर लग्दा उक्त स्थानमा ताल वनेकाले मोटरसाइकल चल्न नसक्ने भएपछि यात्रु सङ्गै चालक अलपत्रमा परेका छन् ।
निवुवाखर्क डुडिचौरका लागी हिडेँका मोटरसाइकल चालक खोला तर्न नसकेपछि खोलामै फसेका थिए , केही स्थानिय वासिन्दाको सहयोगमा खोला तारे पनी मोटरसाइकल स्र्टाट नभएपछि मिस्त्रीलाई वोलाईएको थियो । यस्तै प्रतक्ष्यदर्शीका अनुसार गल्याङ्देखि छुटेको एक मोटरसाइकल खोलमा फसिएकाले उक्त मोटरसाइकल उद्धार गरी पुन गल्याङ्नै फर्किएको छ ।
जानकारी नभएकाले पिडीखोला, पेलाकोट, निवुवाखर्क गाविस देखि आएका मोटरसाइकल तथा गल्याङ्देखि उक्त स्थान तर्फ छुटेका मोटरसाइकल समेत तार्न नसकेपछि केही युवाहरुले तलाउ माथि उचाली केही वाइक तारेका थिए । केहि वाइक जहाँ वाट आएको थियो गन्तव्यमै नपुगि फर्किएको थियो । पानि धमिलो हुनाले चालकले उक्त ताल गहिरो भएको थाहा नपाउदा दुर्घटना हुन सक्ने देखिएको छ ।
अर्को तर्फ रातको समयमा झनै उक्त खोलामा मोटरसाइकल चालक अप्ठेरोमा पर्न सक्ने देखिएको त्यहाँ रहेका मोटरसाइकल चालकहरुको भनाई छ ।
