कोरियामा पत्रकारिता बारे अन्तरक्रिया

Read Time:3 Minute, 56 Second
निश्चल काउचा
 
सोल, दक्षिण कोरियाको ईन्छनमा जारी एसियन खेलकुदमा नेपालबाट आएका विभिन्न संचार माध्यमका पत्रकारहरुसंग आइतबार सोलको नेपाली राजदुताबासको हलमा पत्रकारिताका विभिन्न विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फोनिज कोरिया र नेपाल कोरिया कल्चर सेन्टरद्धारा संयुक्त आयोजित कार्यक्रममा नेपालबाट आएका ६ जना पत्रकारले व्यवसायिक पत्रकारिता बारे आ-आफ्नो अनुभव सुनाएका थिए ।
 
 
उक्त कार्यक्रममा नेपाल टेलिभिजनका समाचार सम्पादक मदन आचार्यले टिभीमा रिपोटिङ  गर्दा कार्यक्रम स्थलमा अनिवार्य पुग्नै पर्ने अनुभव सुनाउदै सत्यतथ्य समाचार दिनुपर्ने बताए ।  त्यस्तै कान्तिपुर एफ एमका समाचार प्रमुख पवन आचार्यले रेडियोमा पत्रकारिता गर्दा समय सापेक्ष बन्नु मुख्य चुनौति रहेको अनुभव सुनाउदै स्रोताको पहिचान गरी प्रविधी मैत्री तथा  बोल्ने कलामा मित्रवत व्यवहार गर्नु पर्ने बताए । साथै पत्रकारितामा सबै विषयमा जानकार हुनका साथै एक विषयमा ज्ञाता हुन आवश्यक रहेको पनि थपे ।  
 
विविसी नेपाली सेवा र नेपाल समाचारपत्रका बरिष्ट पत्रकार निरञ्जन राजबंशीले समाचार बनाउदा भ्रम नपर्ने गरी बनाउनु पर्ने सुझाव दिए नत्र पत्रकारिताको छवि नै खराब हुने चेतना औलाए । यसैगरी नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य तथा नागरिक दैनिकमा कार्यरत प्रकाश तिमिल्सिनाले ठाउँ र परिवेश अनुसार पत्रकारिता गर्नुपर्ने बताउदै कोरियाको पत्रकारिताले नेपाल र कोरियामा भएको नेपाली सुमदायलाई जोड्नेमा मद्धत पुगाउन सके राम्रो हुने सुझाव दिए । अन्नपूर्ण पोष्टका फोटोपत्रकार विकास कार्कीले पत्रकारितालाई विश्वासनीय बनाउन र फोटोको महत्वपूर्ण भूमिका हुने बताउदै फोटो पत्रकारितामा स्टोरी टेलिङ हुनु पर्ने सुझाव दिए । त्यस्तै गोरखापत्रका खेलपत्रकार प्रजित शाक्यले खेलकुद पत्रकारितामा खेलकुद नियमको जानकारी हुन आवश्यक रहेको बताए ।
 
कार्यक्रममा नेपाल पत्रकार महासंघ कोरियाका अध्यक्ष अशोक मैनालीले कोरियामा समय अभावनै पत्रकारिताको मुख्य चुनौति रहेको बताए । कार्यक्रममा कान्तिपुर दैनिकका कोरिया संवाददाता देवेन्द्र साम्वाहाम्फे, फोनिज कोरियाका अध्यक्ष मञ्जु गुरुङ, उपाध्यक्ष यम श्रीस मगर, सचिव मिङमार लामा,नेपाली वेभ टिभीका रिपोर्टर ऐश्वर्य श्रेष्ठ, फोनिज डट कमका रिपोर्टर रोशन राई, किरात याक्थुङ चुम्लुङका अध्यक्ष भिम राज चेम्जोङ लगायत विभिन्न पेशामा अवद्ध पत्रकारिता प्रति चासो राख्नेहरुको उपस्थीति रहेको थियो ।
0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %