देब पचभैया
पाल्पा, असोज १२ – अर्गली ८ पाल्पामा हिजो दिउसो ४ बजे भएको सडक दुर्घटनाको बिषयलाई लिएर पाल्पाको अर्गलीमा आज दिउसो १ बजे देखि सडक अबरुद्ध भएको छ ।
नम्बर नखुलेको मोटरसाईकलको ठक्कर बाट स्थानिय ५ बर्षिया बालिका सिर्जना राना मगरको ज्यान गएको बिषयलाई लिएर स्थानिय बासीहरुले बाटो अबरुद्ध गरेका हुन् । दोसी पत्ता लगाई कारबाही गर्नुपर्ने र पिडितलाई कारबाहीको माग गर्दे स्थानियबासीहरुले हिजो बेलुकी पनि केही बेर बाटो अबरुद्ध पारेका थिए ।
प्रहरी र स्थानिय प्रशासन बिच घटनाको अनुसन्धान गर्ने सहमतिमा हिजो बाटो खोलेको तर अहिले सम्म दोसी पत्ता लगाउन नसकेको भन्दै स्थानियले बाटो बन्द गराएको बताएका छन् । स्थानिय संग बाटो खुलाउने बिषयमा छलफल भैरहेको र बालिका लाई ठक्कर दिने मोटरसाईकलको अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । अर्गली बजार वर पानीको छहरामा साथीहरु संगै खेलिरहेका बालीका रानालाई मोटरसाईकले ठक्कर दिएको भनिएपनि कुन गाडीले ठक्कर दिएको हो भन्ने यकिन जानकारी हुन सकिरहेको छैन । मृतक बालिकाको शब हिजो बेलुकी बाटै जिल्ला अस्पताल राखिएको छ ।
पछिल्लो एक हप्ताको अवधीमा मात्रै तानसेनमा मात्रै ३ बालबालिका मोटरसाईकलको ठक्कर बाट घाईते भएका छन् ।
