पूर्व राजा ज्ञानेन्द्रले यो वर्षको दसैं नमान्ने

Read Time:1 Minute, 30 Second

काठमाडौ, १२ असोज – राजागद्दीबाट हटाइए पनि बडादसैंका अवसरमा विभिन्न शक्तिपीठ जाने र आफ्ना समर्थकलाई टीका लगाउने गरेका पूर्व राजा ज्ञानेन्द्रले यो वर्ष दुवै काम नगर्ने भएका छन् ।

gyanendra 

केही दिनअघि हृदयघात भएपछि चिकित्सकहरुले केही साता आराम गर्न सुझाव दिएपछि शक्तिपीठा जाने र समर्थकहरुलाई टीका लगाउने काम नगर्ने भएका हुन् ।

पूर्व राजाका सहयोगी फणि पाठकले एउटा सूचना जारी गर्दै ज्ञानेन्द्रले महाअष्टमीका दिन विभिन्न शक्तिपीठको दर्शन र विजया दशमीका दिन टीका लगाउने काम नहुने जनाएका हुन् ।

यसअघि पूर्व राजा ज्ञानेन्द्र महाअष्टमीका दिन भद्रकाली, मैतीदेवी, गुह्यश्वरी, संकटा, भद्रकालीलगायतको मन्दिर जाने गरेका थिए । त्यस्तै विजया दशमीका दिन निर्मल निवासमा आफ्ना समर्थकहरुलाई टीका लगाइदिने गरेका थिए । अस्वस्थ्यताका कारण पूर्व राजा ज्ञानेन्द्रले यो वर्ष शक्तिपीठको दर्शन र टीका लगाउने दुवै काम नगर्ने भएका हुन् भनि सम्बाद मिडियाले समचार छापेको छ ।

   

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %