जागिर लगाईदिने बाहानामा ११ लाख ठगि गर्नेलाई प्रहरी द्धारा सार्बजनिक

Read Time:2 Minute, 18 Second

देब पचभैया 

पाल्पा, असोज १२ – जागिर लगाईदिने भन्दै सर्बसाधारण संग ठगी गर्ने गुल्मी धुर्कोट ८ का २६  बर्षिय केशब भण्डारीलाई प्रहरीले पक्राउ गरी शार्बजनिक गरेको छ ।

आईतबार जिल्ला प्रंहरी कार्यालय पाल्पाले भण्डारीलाई सार्बजनिक गरेको हो । आफुलाई रुपन्देही जिल्ला मक्रहर गाबिसको सचिब हु भन्दै बिभिन्न सरकारी कार्यालयहरुमा जागिर लगाईदिने बाहानामा उनले  बिभिन्न ब्यतिmहरु संग १० हजार देखि ५ लाख सम्म रकम असुलेको प्रमाणका आधारमा डेढ महिना अघि पक्राउ परेका केशब भण्डारीलाई प्रहरीले आज मात्रै शार्बंजनिक गरीएको हो ।  

स्नातक तहसम्म अध्ययन  गरेका भण्डारी भारतमा काम गर्न गएको र त्याहा मदिराको लतमा फसेपछि रकमको अभाबमा आफुले पैसा ठगि गर्ने उपाए अपनाएको पत्रकारलाई बताएका छन् ।  

जिल्ला प्रहरी कार्यालउ पाल्पाका प्रहरी नायब निरिक्षक प्रकाश सिंखडाका अनुसार उनले महिलाहरु संग नजिकको सम्बन्ध राख्ने र बायोडाटा लिने अनि जागिरको प्रलोभन देखाई पैसा असुल्ने गरेको जानकारी दिनुभयो । अहिले सम्म १० जना संग गरी १० लाख ६४ हजार ५ सय ठगि गरेको पाईएको  प्रहरीले बताएको छ ।  

उनलाई ठगिमुद्धामा म्याद थप गरि हिरासतमा राखि अनुसन्धान भैरहेको प्रहरी नायब निरिक्षक सिंखडाले जानकारी दिए ।    

उनले प्रयोग गर्ने मोबाईल नम्बर ९८६७१८२९१२ र ९८६७१६००१० को आधारमा स्याङ्गजा बाट उनलाई पक्रिएको प्रहरीले बताएको छ । ठगि गरेको रकम उनले खानपिन र घुमफिरमा सकाएको भेटिएको छ । उनले अरु ब्याक्तिहरु संग पनि ठगि गरेको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %