आर के खम्बु
काठमाडौ , आश्विन १० – संबिधान सभा अन्तर्गत को संबैधानिक राजनितिक सम्बाद तथा सहमति समितिको पूर्ण बैठक बसी बिवाद समाधान उपसमितिले निर्क्योल गरेको सहमति बारे छलफल भयो ।
१) मौलिक हक अन्तर्गतको भुमी सम्बन्धी हकमा जग्गा अधिकारण गर्दा सरकारले दिने क्षतिपुर्ती र जग्गाको हदबन्दी कती र हदबन्दी भन्दा माथिको जग्गा अधिकारण गर्दा मुआब्जा दिने कि नदिने भन्ने बिसयमा सहमत् हुन सकेन ।
२) आदिबासी जनजाती हरुलाई आफ्नो भाषा सस्कार सस्कृतिको संरक्षण ब्याबस्थापन र बिकास गर्ने बिशेष अधिकार हुने -भन्ने सहमति भयो ।
३) नागरिकता – आमा र बुवा भनेर लेखिय पनि आमा र बुवा नेपाली बंशजको नागरिक रहेछ भने आमा वा बुवा बाट पनि लैङ्गिक पहिचान सहितको नागरिकता लिना पाउने सहमति भयो ।
४) ब्रिटिश गोर्खा हरुले राजनीतिक अधिकार बाहेकका सबै अधिकार सहितको दोहोरो नेपाली नागरिकता लिन पाउँनेमा सहमति भयो ।
५) बिदेसी बुहारी र ज्वाँई हरुलाई दिइने अङ्गिक्रित नागरिकता बारेमा सहमति हुन सकेन ।
