आर के खम्बु
काठमाडौ , आश्विन ९ – बिबाद समाधान उपसमितिले मौलिक हकको बिबादमा उपसमितिमा सहमति जुटाएको छ ।
भु पु ब्रिटिस गोर्खाहरुको हकमा नागरिकता बारे सहमति जुटेको छ । ब्रिटिश नागरिकता लिसके पछी राजनीतिक अधिकार बाहेकका सम्पूर्ण अधिकार सहित्को नागरिकता दीने र समान कामको लागि समान पारिश्रमिकको लागि नेपाल सरकारले १९४७ को त्रिपक्षिय सन्धि अनुसार पहल गर्ने सहमति जुटेको हो ।
त्यस्तै मौलिक हकमा आदिबासी जनजाती हरुलाई भुमी,प्राकृतिक स्रोत साधन,अबसर लगायतमा बिशेष अधिकार हुने सहमति भयको छ ।
नागरिकताको बिबादित बिसयमा आमा र बुवा कि आमा (वा) बुवा भन्ने बिसयमा पनि उपसमितिमा सहमति जुटेको छ । अब अन्तिरीम संबिधानको धारा १ (क) को आमा र बुवा एथावत रहने तर , उपधारा ६ मा उल्लेख भएको आमा (वा) बुवाले समेट्ने गरी सहमति भयको छ ।
