गोविन्द घर्ती
देवदह आश्विन ८ । उपभोक्ताहरु सचेत नहुदा सम्म वनको संरक्षण र सम्बर्धन गर्न नसकिने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन् । उनीहरुले वनको संरक्षणमा उपभोक्ताहरु ईमाान्दारीताका साथ लाग्नु पर्नेमा जोड दिएका थिए । प्रगति सामुदायिक वन उपभोक्ता समुह देवदह नगरपालिका–१०, बुद्धनगर रुपन्देहीको पाचौ साधारणसभा तथा कार्यालय उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन । कार्यक्रममा बोल्ने वक्ताहरुले सामुदायिक वनहरुले गरिवी न्यूनिकरण गर्न लगानी गर्नु पर्ने बताउदै बैज्ञानिक वन व्यवस्थालाई तिव्रताका साथ अगाडि बढाउनु पर्ने बताएका थिए । समुहका अध्यक्ष चमकान्त गौडलको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला वन कार्यालय रुपन्देहीका अधिकृत दिपक ज्ञवाली, सहायक अधिकृत वसन्तवावु श्रेष्ठ, गाउ वन समन्वय सञ्जाल देवदहका अध्यक्ष खेम नारायण अधिकारी, नेपाली काग्रेसका क्षेत्रीय सचिव वासुदेव रिमाल, समुहका पुर्व अध्यक्ष विष्णु भट्टराई, सल्लाहकार खैराज शर्मा, केशवराज रेग्मी, सिता पाण्डे लगायतले बोल्दै चोरी निकासी र वन संरक्षणमा राज्यले लगानी गर्नु पर्नेमा जोड दिएका थिए । कार्यक्रममा जिल्ला वन अधिकृत दिपक ज्ञवाली र सहायक वन अधिकृत वसन्त वावु श्रेष्ठलाई विदाई तथा सम्मान गरिएको थियो । सो अवसरमा उत्कृष्ट २ जना उपभोक्ता, ११ जना जेष्ठ नागरिक र ९ जना पुर्व अध्यक्षहरुलाई पनि सम्मान गरिएको थियो । त्यसैगरी सोही कार्यक्रममा गाउ वन समन्वय सञ्जाल देवदहले पनि अधिकृत दिपक ज्ञवाली र सहायक अधिकृत वसन्तवावु श्रेष्ठलाई सम्मान गरिएको थियो । सञ्जालका अध्यक्ष खेम नारायण अधिकारीले दुवैजनालाई सम्मानपत्रले सम्मान गरिएको थियो । समुहका अध्यक्ष चमकान्त गौडेलको अध्यक्षता, बरिष्ठ उपाध्यक्ष दिल्लीराज पन्थको स्वागत र मनबहादुर श्रेत्रीको संचालनमा भएको कार्यक्रममा समुहका सचिव पवन पौडेलले करिव ४४ लाख बरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
वनको संरक्षणमा उपभोक्ताहरु नै लाग्नु पर्ने
Read Time:3 Minute, 2 Second
