मधेश अभियानको प्रेस – विज्ञप्ति

मधेश अभियानको हिजो मिति २०७१ असोज ६ गते सोमवार बसेको बैठकमा डा. सी. के. राउतको गिरफ्तारीप्रति ध्यानाकर्षण भएको छ ।

डा. राउतको गिरफ्तारी संविधान प्रदत अभिव्यक्ति स्वतन्त्रता एवं समन्याय सिद्धान्त विपरित रहेकोले राज्यको यस दमनकारी कदमको भत्र्सना गर्दै निजको निःशर्त रिहाईको अभियान माग गर्दछ ।  

साथै डा. राउतको मधेशलाई अल्ग्याउने उग्र विचारले मधेशको अधिकार आन्दोलनलाई क्षति पुर्याउने भएकोले यो विचारलाई अभियानले समर्थन गर्न सकिन्न भन्ने निर्णय बैठकले गरेको छ । यसका साथै मधेशका जिल्लाहरुमा अभियानको संगठनलाई विस्तार गर्ने निर्णय समेत बैठकले गरेको छ ।

 

कौशल कुमार सिंह संयोजक

मिति : ०७१–०६–०७