फोनिज कोरिया शाखाद्वारा सुनकोशी बाढीपीडितलाई एक लाख सहयोग हस्तान्तरण

Read Time:1 Minute, 26 Second

देब पचभैया

काठमाडौं, २ असोज – नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कोरिया शाखाले सुनकोशी बाढीपीडितलाई एक लाख रुपैंया सहयोग रकम हस्तान्तण गरेको छ ।

विहिबार (आज) फोनिज कोरियाका कार्यसमिति सदस्य नोगेन नेम्बाङले फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् । फोनिजको केन्द्रीय कार्यालय अनमनगरमा आयोजित सहयोग रकम हस्तान्तरण कार्यक्रममा अध्यक्ष डण्ड गुरुङले फोनिज शाखा कोरियाले गरेको सहयोगप्रति आभार ब्यक्त गरे ।

‘फोनिज कोरियाको सकृयता र सहयोगका लागि फोनिज कोरियाका सबै साथीहरुलाई धन्यबाद दिन चाहन्छु ।’ उनले भने । फोनिज कोरियाबाट प्राप्त रकम छिट्टै सुनकोशी बाढीपीडित सम्म पुर्याउने अध्यक्ष गुरुङले जानकारी दिए । सहयोग रकम हस्तान्तरण कार्यक्रममा फोनिज महासचिव गजुरधन राई, सचिव मनोज घर्तीमगर लगायत फोनिज सदस्यहरुको उपस्थिती रहेको थियो । 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %