समयमै सहमतिय संविधान नदिए प्रमुख दलहरुनै समाप्त :सूर्यवंशी

Read Time:4 Minute, 20 Second

राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य समितिको कमान्डरइन्चिफमा पार्टीका संघीय परिषद सदस्य अशोक पुन नियूक्त।

गोविन्द घर्ती

रुपन्देही भद्रौ ३० – तोकिएको समयमा सहमतिय संविधान दिन नसके संविधानसभा र प्रमुख दलहरुको औचित्य समाप्त हुने राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले बताएका छन् ।

उनले संविधान सभाबाट बहुमतिय नभई सहमतिय पद्दतिबाट संविधान आउनु पर्नेमा जोड दिए । राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य परिषदको प्रथम अधिवेशनले पास गरेका कार्यनीति तथा समितिको सार्वजनिक गर्न कपिलवस्तुको चार नम्वरमा आयोजित पत्रकार सम्मेलनमा उनले उक्त कुरा बताएका हुन् । महासचिव सूर्यवंशीले सहमतिय संविधान जारी गर्न राजनैतिक दलहरुलाई आग्रह गर्दै समयमै संविधान जारी नभए देशमा आन्दोलनको शुरुवात हुने बताए । बहुमत र अल्पमतको आधारमा राष्ट्रिय दस्तावेजको रुपमा नया संविधान आउनु पर्ने अन्यथा कुनै दल विशेषले बहुमतको आधारमा दस्तावेजलाई संविधानको रुपमा दिन खोजे मुलुकको लागि दुर्भाग्य हुनुको साथै दलहरुको अस्तित्व नै समाप्त हुने महासचिव सूर्यवंशीले पत्रकार सम्मेलनमा  बताए ।

लुम्विनी राज्य परिषदका ईन्चार्ज अशोक पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा लुम्विनी राज्य परिषदको प्रथम अधिवेशनले विभिन्न नीतिगत कुराहरु पारित गर्दै सम्पन्न भएको बताईएको छ । अधिवेशनले नया संविधानमा लुम्विनी प्रदेशको सुनिश्चितताको लागि राजनैतिक अभियान संचालन गर्ने, लुम्विनी प्रदेशको विश्व स्तरीय ऐतिहासिक धार्मिक एवं सांस्कृति पर्यटकीय गन्तव्यको रुपमा विकास गर्नुपर्ने, भ्रष्टचार, जातीय विभेद, महिला हिंसा, मानव बेखविखन तथा कालाबजारीलाई निस्तेज पार्नको लागि चरणवद्ध रुपमा विशेष अभियान संचालन गर्ने रहेको छ । त्यसैगरी लुम्विनी राज्य परिषद अन्र्तगतका जिल्लाहरु भारत संग गासिएको हुदा आवत जावतको लागि परिचयपत्रको व्यवस्था गर्न पहल गर्ने, लुम्विनी राज्य परिषद भित्र साधारण सदस्यको संख्या आगामी १ बर्ष भित्र ५० हजार पुर्याउँने प्रस्तावहरु पास गरेको पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो ।

अधिवेशनले राष्ट्रिय जनमुक्ति पार्टी लुम्विनी राज्य समितिको ईन्चार्जमा पार्टीका संघीय परिषद सदस्य अशोक पुनलाई चयन गरेको छ । त्यसैगरी अधिवेशनले नगेन्द्रप्रसाद चौधरीको अध्यक्षतामा १५ सदस्यीय लुम्विनी राज्य परिषदको नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षमा श्याम परियार, महिला उपाध्यक्षमा धनी आले, सचिवमा तिलबहादुर झेडी, संगठन सचिवमा आसिन गुरुङ्ग, कोषाध्यक्षमा चन्दा थापा चयन भएका छन् ।

समितिको अन्य सदस्यहरुमा वालकिशोर राना मगर, ओमप्रकाश विक., जितेन्द्र पौडेल, मोतिलाल सुनार, रामबहादुर गुरुङ्ग, सिंहबहादुर थापा मगर , धनबहादुर अर्गेजा मगर, धनबहादुर मिदुन मगर रहेको सो पार्टीले जनाएको छ । 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %