नेपाल जनजाति महासंघ आन्दोलित

Read Time:2 Minute, 14 Second

देब पचभैया

काठमाडौं, १ असोज – आदिवासी जनजातिको मागप्रति प्रमुख राजनीतिक दलहरुले वेवास्ता गरेको भन्दै आदिवासी जनजातिहरु आन्दोलित भएका छन् ।

आदिवासी जनजातिको पक्षमा भएका विभन्न सहमतिलाई कायान्वयन नगरेकाले ती सहमति र सम्भौताहरु कार्यान्वयनको माग गर्दै उनीहरु आन्दोलित भएका हुन् ।  आदिवासी जनजातिले माग गर्दै आएको पहिचान सहितको संघीयता लगायतका माग र विगतका सहमति कार्यान्वयनमा नआएसम्म आफुहरुको आन्दोलन यथावत रहने नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमालले बताए ।

जनजाति महासंघको अगुवाईमा युवा महासंघ, महिला महासंघ लगायत विभिन्न जातीय संघसंस्थाले संविधानसभा गेटको धर्नामा सहभागीता जनाएका छन् । बहुभाषिक, बुहजातीय जनसंख्या रहेको नेपाललाई धर्मनिरपेक्ष राष्ट्र घोषणा गरिनुपर्ने, गणतन्त्र, संघीयता र पूर्णसमानुपातिक प्रतिनिधित्वलाई संविधानमा अपरिवर्तनीय धाराको रुपमा सुनिश्चित गरिनुपर्ने अध्यक्ष कुमालले बताए । राजनीतिकसभालाई धर्ना दिने कार्यक्रममा सैयौंको संख्यामा आदिवासी जनजाति युवा, महिला लगायतको उपस्थिती रहेको थियो ।

धर्ना कार्यक्रम, असोज २ र ३ गते पनि निरन्तर रहने महासंघले जनाएको छ । जनजातिको सवालप्रति राजनीतिक दलहरुले वेवास्ता गरेको भन्दै महासंघले तीन महिनासम्म विरोध तथा सशक्त आन्दोलनको कार्यक्रम गर्ने यस अघि नै सार्बजनिक गरेको छ । जनजातिको आन्दोलनलाई सफल बनाउन संचारमाध्यम, विभिन्न संघसंस्था लगायत सम्पूर्णमा जनजाति महासंघले आब्हान गरेको छ ।  

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %