प्रहरी द्धारा यात्रु सहायता कक्षको संचालन

Read Time:1 Minute, 54 Second

देब पचभैया

पाल्पा, भाद्र ३१ – दसै , तिहार  लगाएतका पर्बलाई मध्यनजर गर्दे जिल्ला प्रहरी कार्यालय पाल्पाले मंगलबार देखि यात्रु सहायता कक्षको संचालन गरेको छ । सहायता कक्ष बसपार्क निर रहेको ट्राफिक प्रहरी कार्यालयको  प्राङ्गढमा संचालन गरिएको हो ।

सहायता कक्षको बारेमा जानकारी दिदै प्रहरी निरिक्षक चन्द्र बहादुर थापाले यात्रुहरुलाई सेवा सुबिधा पुर्याउने र बिचल्लीमा परेका यात्रुलाई सहयोग गर्न पनि यसले फाईदा पुर्याउने जानकारी दिए । शान्ति सुरक्षा र ट्राफिक ब्यवस्थापन लाई राम्रो बनाउन पनि यसले फाईदा पुग्ने उनको बिश्वास छ ।  यात्रु सहायत कक्षलाई यातायात ब्यवशायी, स्थानिय बासी, नागरिक समाज लगाएतले पनि सहयोग गर्ने बताएका छन् ।

यात्रु सहायता कक्ष उद्घाटन कार्यक्रममा जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका प्रमुख खिमानन्द काफ्ले, श्रीनगर यातायात ब्यवशायी संघका भबिन्द्र गौतम, किरण चित्रकार,पुर्ब प्रहरी संगठनका अध्यक्ष ईश्वरी खनाल, मगरसंघ पाल्पाका पुर्ब अध्यक्ष बलबहादुर राना  लगाएतले बोलेका थिए ।

प्रहरी निरिक्षक चन्द्र बहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको सामुदायिक सेवा  केन्द्रका सहसचिब भरत शर्माले संचालन गरेका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %