देब पचभैया
पाल्पा, भाद्र ३१ – असोज २ गते मनाउन लागीएको प्रथम राष्ट्यि परिवार नियोजन दिवसको बारेमा
आज पाल्पामा पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिईएको छ ।
मुलसमारोह समतिले पाल्पाले परिवार नियोजन संघको कार्यालयमा गरेको पत्रकार भेटघाट कार्यक्रममा परिवार नियोजनको पहिलो दिबस, पाल्पामा परिवार नियोजनको सेवा र यसका समस्या लगाएतका बिषयमा जानकारी दिईएको थियो । परिवार नियोजनको जिल्लाको अवस्थाको बारेमा परिवार नियोजन संघका शाखा प्रबन्धक शोभाकान्त न्यौपाने र जिल्ला स्वास्थ्य कार्यालयका पब्लिक हेल्थ नर्स कल्पना पौडेलले जानकारी दिएका थिए ।
परिवार नियोजन संघ पाल्पाका सभापति प्रेम नाथ बस्यालको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ पत्रकार मेघराज शर्मा, पत्रकार महासंघ पाल्पाका सभापति राजेश कुमार अर्याल, परिवार नियोजन संघका केन्द्रिय कोषाध्यक्ष धिरेन्द्र श्रेष्ठ लगाएतले बोलेका थिए । कार्यक्रमका पाहुनाहरुलाई लुम्बिनी मेडिकल कलेजका कार्यक्रम अधिकृत कृष्ण पराजुलीको स्वागत थियो भने सक्रिय सेवा समाजका चन्द्र रानाले कार्यक्रमको संचालन गरेका थिए ।
