देब पचभैया
पाल्पा, भाद्र २८ – पुर्ब मन्त्री चिरन्जिब वाग्लेले आफुलाई दुख दिने पुर्ब राजा ज्ञानेन्द्र शाह अहिले आफै सबभन्दा दुखि भएको बताएका छन् ।
पाल्पा स्थित तानसेन बहुमुखि क्याम्पसको रजत महोत्सबको लागी तानसेन आएका वाग्लेले शनिबार बिहान आयोजित एक कार्यक्रममा बोल्दै ज्ञानेन्द्र र आफु बिच तुलना गर्दा उनले झन दुख पाएको बताए । राजालेले हुर्मुत लगाएर के के गर्छु भनेका थिए, उनले भने उनी आफै सकिएर गए ।
ज्ञानेन्द्रले चुनाब गराउन चाहान्छन् कि चाहादैनन् भनेर आफुले प्रश्न गर्दा आफुले दुख पाएको वाग्लेको भनाई छ । शेर बहादुर देउबाले संसद बिघटन गरी चुनाब हुदैन भने, म कार्यबाहक प्रधानमन्त्री हुदा जनताले चुनाब चाहान्छन् सरकार भनेको थिए, वाग्लेले भने , त्यसको ३ दिनपछि मलाई अख्तियार, सम्पत्तीआयोग, मिडिया र पार्टीनै मेरो बिरुद्धमा लागेको हो ।
भ्रष्ट्राचारको अभियोगमा जेल परेका वाग्लेले फेरी काग्रेस राजनितिमै फर्किने बताए । पार्टीमा खिया र धमिरा लागेको भन्दै काग्रेसलाई सुद्धिकरण गर्नुपर्नेमा जोड दिए । आन्तरिक झगडा र खुट्टा तान्ने प्रबृतिको अन्त्य भए काग्रेस सबै जनताको पार्टी बन्ने उनको भनाई छ ।
