साइकल रेश हेर्नको लागी गाउ गाउबाट समेत आएका थिए ।
देब पचभैया
पाल्पा २८ भदौ – पाल्पाको सदरमुकाम तानसेनमा स्विच व्याक प्रा.लि. काठमाडौले संचालन गरेको पाल्पा अर्वन डाउन हिल रेश ईलाईट प्रतियोगितामा क्रिष्टोफर किलिङ्ग प्रथम भएका छन् ।
तानसेनको श्रीनगर डाडा देखी बतुङ्गको जैसी चौपारी सम्मको १ किलोमिटर ७ सय सेन्मिटरको दुरीमा क्रिष्टिफर किलिङ्गले सवैभन्दा छिटो ४ मिनेट १६ सेकेण्ड २६ मिली सेकेण्डमा दौड पुरा गरी प्रतियोगितामा प्रथम भएको हो । रेश प्रतियोतियोगितामा काठमाडौका नेपाली डाउनहिल चेम्पियन भईसकेका राजेश मगर द्धितिय भएका छन् । मगरले ४ मिनेट ३८ सेकेण्ड ५१ मिलि सेकेण्डमा निर्धारित दुरी पार गरी दोस्रो हभएको हो । यसै गरी भारत पुनेका गौतम टाउडेले ४ मिनेट ४८ सेकेण्ड १३ मिली सेकेण्डमा दुरी पार गरी तृतिय भएका छन् ।
यसैगरी संकर याक्तुम्वाले ४ मिनेट ५१ सेकेण्ड २० मिलिसेकेण्डमा चौथो र सुमन तामाङले ४ मिनेट ५५ सेकेण्ड ७६ मिलिसेकेण्डमा दुरी पार गरी पाचौ भएका छन् । विजेता प्रथमलाई ३० हजार, द्धितियलाई २० हजार तृतियलाई १० हजार , चौथोलाई ५ हजार र पाचौ हुनेलाई ३ हजार नगद सहित विभिन्न किसिमका उपहार बाट आयोजक स्विच व्याक प्रा.लि. काठमाण्डौले सम्मान गरेको छ ।
यसैगरी खुला प्रतियोगिता तर्फ पोखराका लक्ष्मण परियारले ५ मिनेट ४१ सेकेण्ड ०९ मिलिसेकेण्डमा दुरी पार गरी प्रथम भएका छन् भने काठमाडौका निराकर याक्तुम्वाले ६ मिनेट २१ सेकेण्ड ३२ मिलिसेकेण्डमा दुरी पार गरी दोस्रो भएका छन् । दार्जलिङ्ग भारतका तेन्जिङ्ग चोम्वे शेर्पाले ६ मिनेट ३६ सेकेण्ड ४५ मिलिसेकेण्डमा दुरी पार गरी तेस्रो भए । विजेता प्रतियोगिहरु लाई विभिन्न उपहार बाट सम्मान गरिएको छ ।
२ दिन सम्म चलेको माउन्टेन वाईक साईकल दौड प्रतियोगिता स्वीच ब्याक प्रालिको आयोजनामा पहिलो पटक तानसेनको श्रीनगरडाँडा देखी बतुङको जैसि चौपारी सम्म गरिएको हो । प्रतियोगितामा हङ्गकङ्ग, अमेरिका, नेपाल, जापान, चीन र भारतबाट गरी २५ जनाको सहभागीता रहेको थियो ।
तानसेनमा आयोजना गरिएको हिल टाउन रेशमा प्रतियोगिहरुले हिलाम्मे माटो, सिमेन्टेड सिढि, सिढी सहित ढुङ्गा छापेको गोरेटो बाटो, जंगल, ढुंगा, घास जस्ता स्थानमासमेत साइकल दौडाएका थिए । डाउन हिल टाउन ट्रेल जापान र ताइवानमा बाहेक एसियामा नेपालको तानसेनमा भएकोले यो स्थानको छनौट गरेको रेस डाईरेक्टर श्याम लिम्वुले बताए । ‘प्राकृतिक रुपमै मिलेको स्थान पाउन सजिलो छैन, अहिले हामीले खोजे अनुसारको स्थान तानसेनमा पायौ लिम्वुले भने । आगामी सेटेम्वर २०१५ मा पनि पुन पाल्पामा प्रतियोगिताको आयोजना गर्ने लिम्वुले जानकारी दिए ।
साईकल दौड प्रतियोगिताले पाल्पा लाई पर्यटन विकासको लागी नया गन्तव्यको रुपमा विकास गर्ने र पाल्पाको पर्यटन व्यबसाय फष्टाउने नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल एजेन्ट (नाटा) ले जनाएको छ । प्रतियोगितामा नाङ्लो वेष्ट, तानसेनका विभिन्न क्लब, आईटिएफ तेक्वाण्डो लगाएतका संघ संस्थाले आर्थिक तथा स्वयमसेवक खटाएर सहयोग गरेका थिए । प्रतियोगिताको समयमा लगातार बर्षा भईरहेपनि दर्शकहरु भने पानीमा भिज्दै रेश हेरेका थिए । घर घरको छत बाट, विभिन्न चोक चोक तथा जंगल, गल्ली गल्लीमा तानसेनबासीहरु विहानै देखि रेश हेर्न सहभागि भएका थिए ।
