“अन्तराष्ट्रिय मगर सम्मेलन”आयोजनाको लागी बैठक कार्तिक १ गते बैठक बस्ने ।
ज्ञानेन्द्र पून (के.स सचिब)
मिति २०७० भदौ २८ गते नेपाल मगर संघ केन्द्रीय समितिको नियमित बाह्रौं पूर्ण वैठक संघका केन्द्रीय अध्यक्ष श्री महेन्द्र थापामगरको अध्यक्षतामा नेपाल मगर संघ, कास्की जिल्ला समितिको भवन पोखरा कास्कीमा बसि गरेका विभिन्न निर्णयहरु मध्ये केही महत्वपूर्ण निर्णयहरु यस प्रकार छ ।
१) संघको सांगठनिक जिम्मेवारी हेरफेर सम्बन्धमाः
क) सम्पर्क समन्वय फाँटको प्रमुखमा उपाध्यक्ष गंगाबहादुर थापामगर,
ख) युवा फाँटको प्रमुखमा केन्द्रीय सदस्य मोहन थापामगर,
ग) मेची अञ्चलको संयोजकमा विसन थापामगर,
घ) गण्डकी अञ्चलको संयोजकमा झलक रानामगर र
ङ) धवलागिरी अञ्चलको संयोजकमा तेजेन्द्र थापामगर लाई जिम्मेवारी दिने निर्णय भएको छ ।
२) ऐतिहासिक मगरात स्वायत्त प्रदेश सम्बन्धमाः
ऐतिहासिक मगरात स्वायत्त प्रदेश स्थापनार्थ मगरात क्षेत्र भित्र बसोबास गर्ने आदिवासी जनजातिहरु तथा सम्पूर्ण उत्पीडित समुदायहरु र राजनैतिक दलहरुसंग छलफल, संवाद, मोर्चाबन्दी गरि मगरात प्राप्तीका लागि व्यापक तयारी गरेर थप आन्दोलन गर्नका लागि नेपाल मगर संघको सम्पूर्ण निकायहरुले संयोजन गर्ने निर्णय गरेको छ । त्यसै गरि संयुक्त मगर मञ्च नेपालको संयन्त्रलाई जिल्ला तहसम्म विस्तार गर्नका लागि मगर संघ जिल्ला समितिले संयोजन गर्ने निर्णय समेत बैठकले गरेको छ ।
“अन्तराष्ट्रिय मगर सम्मेलन”आयोजनाको लागी बैठक कार्तिक १ गते बैठक बस्ने ।
अन्तराष्ट्रिय मगर सम्मेलन सम्बन्धमा नेपाल मगर संघ केन्द्रीय समितिको मिति २०७१ भाद्र २७ गते कास्की पोखरामा बसेको बैठकले गरेको निर्णयः
विश्वभरि छरिएर रहेका नेपाली मगरहरुलाई एउटै छाता मुनि गोलबन्द गर्नका लागि नेपाल मगर संघको विधान बमोजिम अन्तराष्ट्रिय मगर सम्पर्क मञ्च गठन गर्नका लागि “अन्तराष्ट्रिय मगर सम्मेलन”को आयोजना गर्नका लागि २०७१ कार्तिक १ गते (18 October 2014) का दिन काठमाण्डौमा पूर्व तयारी बैठक बस्ने निर्णय गरियो । यस बैठकमा सहभागिताका लागि विभिन्न देशमा क्रियाशिल मगर संघहरुलाई औपचारिक रुपमा अनुरोध सहित पत्रचार गर्ने निर्णय भएको छ ।
