देब पचभैया
भदौ २७ पाल्पा – सुरक्षित गर्भपतनका विषयमा विधार्थीहरुलाई जानकारी दिने उद्देश्यले विद्यालय स्तरयि यौन तथा प्रजनन् स्वास्थ्य सचेतना कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम युथ एक्सन नेपाल,नेपाल परिवार नियोजन संघ र यौन तथा प्रजनन स्वास्थ्य र अधिकार जिल्ला कोलिसन पाल्पाको संयुक्त आयोजनामा लक्ष्मी उच्च मावि तानसेन १३ बन्दिपोखरा पाल्पामा भएको हो ।
विद्यालयका माध्यमिक तथा उच्च माध्यमिकतहका विद्यार्थीहरु सहभागिता रहेको सचेतना कार्यक्रममा सहजिकरण गदै महिलाको इच्छाविपरि रहेको कुनै पनि गर्भलाई सुरक्षित र सुचिकृत स्वास्थ्य संस्थावाट मात्र गर्नुपर्ने नेपाल परिवार नियोजन संघ पाल्पाका शाखा प्रवन्धक सोवाकान्त न्यौपानेले बताए । प्रवन्धक न्यौपानेले नेपाल सरकारले मुलिक ऐनको ११ औ संशोधनवाट कानुनि मान्याता दिएको वताउदै उनले भिन्न अवस्थामा २२ हप्तासम्मको गर्भपतन गराउन सकिने जानकारी दिए ।
किशोर अवस्थामा आइपर्ने समस्यावाट बच्ने उपाएको दिने र युवालाई यौन तथा प्रजनन स्वास्थ्यका सवालमा जानकारी गराई समाजमा आइपर्ने यस विषयगत समस्यालाई सहि तवरवाट समाधानका लागि युवा क्रियाशिलता बढाउनका लागि सचेतना कार्यक्रम संचालन गरिएको युथ एक्सन नेपाल पाल्पाका संयोजक कृष्ण कार्कीले जनाकारी दिए ।
कार्यक्रममा विद्यालयका सहायक प्रार्चाय विष्णुबहादुर कार्कीले सुचना र ज्ञानको अभावले पहिले गल्ती गर्ने पछि लुकाउनका लागि विभिन्न अवैधानिक स्वास्थ्य संस्थामा महंगो सेवालिई शारििरक जोखिम बढाएकोले यस तर्फ सवै सरोकारवाला सचेत हुनुपर्नेमा जोड दिए ।
सचेतना कार्यक्रममा यौन तथा प्रजनन स्वास्थ्यले केवल शारीरिक सम्वन्ध र बच्चाको जन्म संगमात्र सम्वन्ध नराखि यसले परिवार नियोजन,गर्भपतन,बाझोपन,पाठेघर र प्रजननद्धार संक्रमण,एच.आए.भी,आंङ खस्ने समस्या ,नवजात शिशुको हेरविचार,किशोर किशोरीहरको स्वास्थ्य लगाएतका विषयमा जानकारी गराइएको थियो ।
