कमल सिं चोैधरी-बुटवल
नेपाल आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समिति रुपन्देहीको विहिबार एक कार्यक्रमका बीच बैठक सम्पन्न भएको छ ।
महासंघ जिल्ला समन्वय समिति रुपन्देहीका जिल्ला अध्यक्ष गम सोमै मगरको अध्यक्षता, उपाध्यक्ष कमल चौधरीको स्वागत र सह–सचिव गोकुल छन्त्यालको संचालनमा भएको कार्यक्रममा पहिचान सहितको संघियताको लागि आदिवासी जनजाति विद्यार्थीहरु दवाव दिनुपर्नेमा जोड दिएका थिए । पछिल्लो समयमा आदिवासी जनजाति समुदायहरुको अन्दोलन सेलाएको भन्दै अब आदिवासी जनाजति शसक्त रुपमा क्रियाशिल भएर अगाडी बद्नुपर्ने बैठकमा बोल्ने बक्ताहरुले जोड दिएका थिए । उक्त पूर्ण बैठकमा अतिथि गोमा भुजेल, अनिता बुजामगर, संघका महिला उपाध्यक्ष लिला राना, कोषध्यक्ष हुम सिंजाली मगर, तेज बहादुर सारु, गोपाल थापामगर, कल्पना थापामगर, ज्ञानेन्द्र थापामगर, अञ्जली थापा मगर, तेज बहादुर राना मगर लगाएतले आ–आफ्नो धारण राखेका थिए । साथै उक्त बैठकले अब प्रत्येक क्याम्पस, स्कुलहरुमा जनजाति विद्यार्थी एकाइ कमिटि गठन गर्ने निर्णय गरेको र आदिवासी जनजाति विद्यार्थी महासंघ जिल्ला समन्वय समितका सदस्यहरु एक अपसमा दशै तिहारको शुभकामना आदन प्रदान गरेका थिए ।
