कमल चौधरी / संघीय एक्प्रेस
बुटवल , राष्ट्रिय जनमुक्ति पार्टी क्षेत्र नं. ४ को क्षेत्रीय परिषद्को भेला क्षेत्रीय अध्यक्ष वर्णबहादुर रानको अध्यक्षतामा पार्टी कार्यालय बुटवलमा सम्पन्न भएको छ ।
सो बैठकमा लुम्बिनी राज्य परिषद्को ऐतिहासिक प्रथम अधिवेशन भदौ २८ र २९ गते कपिलवस्तुको तौलिहवालाई सम्पन्न गर्न को लागि आर्थिक सहयोग र जनसहभागिता जुटाउनको लागि यस क्षेत्रबाट कम्तीमा ८ बस लैजाने निर्णय गरेको छ । क्षेत्रीय समितिमा रहेको रिक्त पदको लागि सह–सचविमा एल.के. राना र सदस्यमा अन्तु श्रीसलाई मनोनित गरिएको छ ।
बैठकमा राष्ट्रिय जनमुक्ति पार्टी संघीय परषिद् सदस्य होमाया गुरुङ्ग र रा.भू.पू सैनिक संगठनका अध्यक्ष क्या. भिमबहादुर राना, संघीय परषद् सदस्य क्या. मानबहादुर थापा, रा.भू.पू सैनिक संगठनका महासचिव ज्ञानबहादुर थापा, केन्द्रिय सदस्य क्या. बलबहादुर थापा, क्या. दलबहादुर थापा त्यसैगरी जिल्ला उपाध्यक्ष मधु राना, जिल्ला सदस्य विमला गुरुङ्ग, जिल्ला सदस्य धनबहादुर दमाई रा.भू.पू सैनिक संगठन र जिल्ला अध्यक्ष नरसिंह काउचा लगायतले आ–आफ्नो धारण राखेका थिए । सो क्षेत्रीय परिाषद्को भेलामा २५० कार्यकर्ताको सहभागिता रहेको थियो ।
उक्त बैठक कोषाध्यक्ष लुमबहादुर सारु मगरको स्वाग र सचिव झमबहादुर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।
