नेपाल भाषाका महाकवि सिद्धिदास जन्मजयन्ती मनाइदै

Read Time:1 Minute, 27 Second

देब पचभैया

हेटौँडा , भाद्र २६ – नेपाल भाषाका महाकवि सिद्धिदास महाजुको एक सय ४७ औँ जन्मजयन्तीको अवसरमा नेपाल भाषामा कबिता गोष्ठी आज हेटौँडामा भएको छ ।

कार्यक्रम नेपाल भाषाः खलः मकवानपुरले आयोजना गरेको हो । कार्यक्रम नेपाल भाषाः खलः मकवानपुरका निवर्तमान अध्यक्ष रुद्रहरी जोशीको प्रमुख आतिथ्य तथा उपाध्यक्ष नन्दरत्न स्थापितको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा महाकवि सिद्धिदास महाजुको योगदानको बारेमा नेपाल भाषामा नेपाल भाषाः खलः मकवानपुरका सल्लाहकार मुकुन्दकृष्ण नेवाःले कबिता र ओमप्रकाश मल्लले लेख प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजसेवी मुक्तीगोबिन्द बैद्य, नेपाल भाषाः खलः मकवानपुरका महासचिव मंगलकृष्ण मानन्धर, पूर्व महासचिव नारायणबहादुर श्रेष्ठ, सदस्य नरेशमोहन प्रधान, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ(फोनिज)का जिल्ला सचिव अशोकसुजन श्रेष्ठलगाएतले मन्तव्य व्यक्त गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %