निश्चल काउचा

कोरियाले चाड छुसकको लामो बिदा नेपालीहरू एक-आपस भेटघाट भएर सुख-दु:ख साटदै रमाईलो गर्ने बेला यस्तै अवसरमा नेपाली संस्थाहरूले नेपालबाट कलाकार ल्याएर मनोरजान्मक कार्यक्रम गरेर उठेको पैसा नेपालमा समाजिक कार्यहरुमा खर्च गर्दै आईरहेका छन् ।
यसपालीको छुसकको पहिलो दिन नेपाल मगरसंघ गणतन्त्र कोरियाले माङवल्सा स्थित सिनहियोंग विश्वविद्यालयको कभर्डहलमा आयोजनाको गरेको ”नेपथ्य लाइभ कन्सर्ट इन कोरिया साथमा लिटल डान्स क्वीन तेरिया”नामक कार्यक्रममा चलचित्र घुम्टोको ‘काठमाण्डु जादा काठमाण्डु हल्लियो … गीतमा आफ्नो नृत्य देखाउन जव स्टेजमा प्रवेश गरिन तव हलमा उपस्थित हजारौं दर्शकले ताली बजाएर स्वागत गरे ।
हल क्षमता ३ हजार दर्शक अटाउने भए पनि करिब ५ हजार दर्शक उपस्थित भैदिए पछि आयोजकलाई सम्हाल्न हम्मे-हम्मे परेको थियो । कोरियामा नेपालीले आयोजना गर्ने कार्यक्रममा पहिलो चोटि यत्तिका धेरै दर्शक उपस्थित भएको आयोजक झक थापा मगरले जनाए । तेरियाको नृत्य पछि नेपथ्य समूहले दर्शक भरपुर मनोरन्जन दिएको छ ।
छुसकको दोस्रो दिन रुपन्देही सम्पर्क समिति कोरियाले बेक जुन्यन गिन्यम हलमा आयोजना गरेको रमाइलो ”लुम्बिनी रमझम भाग २” नामक कार्यक्रम पनि तेरिया मगरले आफ्नो जादुमय नृत्य प्रस्तुत गर्दा उपस्थित हजारौं दर्शकले ताली बजाउदै भरपुर आनन्द लुटेका थिए ।
स्मरण रहोस तेरिया फौजा मगरलाई भारतको चर्चित रियालिटी शो डीआईडी लिटिल मास्टर्स-३ को उपाधि जिताउन कोरियाबाट १५ लाख भोट गएको थियो ।
भिडियो हेर्न यो लिङ्क थिच्नुस :