देब पचभैया
पाल्पा, भाद्र २३ – पुरक एस.एल.सि. मा फेल भएपछि पाल्पामा एक छात्राले आत्महत्या गरेकी छिन् ।
बेदउच्च माबि बराङ्गदी पाल्पा बाट परिक्षा दिएकी १९ बर्षिया तेलना बस्यालले फेल भएपछि झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ ।
उनले पुरक परिक्षामा अनिबार्य गणित बिषयको जाच दिएकी थिईन् । बराङ्गदी ९ ढापखोला निबासी बस्यालले तेश्र्रो पटक परिक्षा दिएकी थिईन् ।
पहिले बुटवलको एक इष्टिच्युट बाट फम भरेको बेला शिक्षा कार्यालयले अबैधानिक ठहरगरेपछि उनले परिक्षा दिन बाट बन्चित भएका थिए ।
