३५ जातीय मोर्चाले पहिचानविरोधीलाई ठेगान लगाउने

Read Time:2 Minute, 7 Second

काठमाडौ, २१ भदौ – एकीकृत माओवादी सम्बद्ध ३५ वटा जातीय मोर्चाले माघ ८ गते पहिचानसहितको संघीय संविधान जारी गराउन संघर्ष गर्ने भएका छन् ।

जातीय मोर्चाहरुको संयुक्त राष्ट्रिय मोर्चाले आज पार्टी कार्यालय पेरिसडाँडा पत्रकार सम्मेलन गरेर तोकिएकै समयमा पहिचानसहितको संघीय संविधान जारी गराउन विभिन्न चरणमा संघर्ष गर्ने जानकारी गराएको हो । पत्रकार सम्मेलनमा बोल्दै संयुक्त मोर्चाका महासचिव गोपाल किरातीले समानताको आधारमा नयाँ राष्ट्रिय एकीकरणका लागि समेत संघर्ष गर्ने बताए ।

पत्रकार सम्मेलनमा मोर्चाले भदौदेखि माघ १० गतेसम्मको आन्दोलनको कार्यक्रमसमेत घोषणा गरेको छ । भदौ–असोज र कात्तिक महिनामा प्रचारात्मक संघर्षका कार्यक्रम गर्ने, कांग्रेस–एमालेका कार्यालयमा विरोधपत्र दिने, मंसिर र पुस महिनामा जिल्ला प्रशासन र परिवर्तन विरोधीहरुको कार्यालय घेराउ गर्ने कार्यक्रम सार्वजनिक गरिएको छ ।

त्यस्तै, पुष २७ गते नयाँ राष्ट्रिय एकीकरणको पक्षमा देशभर जनप्रदर्शन गर्ने, माघ ८ परिवर्तन तथा पहिचान विरोधी संविधान जारी गरे माघ ९ र १० निर्णायक प्रतिरोधका लागि देशव्यापी आम हड्ताल गर्नेसम्मको कार्यक्रम सार्वजनिक गरिएको छ ।

निर्णायक प्रतिरोधका लागि भिविन्न मोर्चाहरुको नेतृत्वमा राज्यस्तरीय तयारी समितिहरु समेत बनाइएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %