गोविन्द घर्ती
रुपन्देही भद्रौ २१, ठूला राजनैतिक दलको सिन्डिकेतका कारण देश संविधान निर्माणलाई असफलतातिर ढकलेको राष्ट्रिय जनमुक्ति पार्टीका महासचिव केशव सूर्यवंशीले बताका छन ।
सूर्यवंशीले राज्य संचालन र संविधान निर्माण सहमति र सहकार्यबाट अगाडि बढ्नु पर्ने बताउदै दलिय सिन्डिकेत खारेज गर्नु पर्नेमा जोड दिएका थिए । राष्ट्रिय महिला मोर्चा लुम्विनी राज्य समितिको रुपन्देहीको बुटवलमा भएको प्रथम भेलालाई सम्वोधन गर्दै महासचिव सूर्यवंशीले उक्त कुरा बताएका हुन । महासचिव सूर्यवंशीले अव बन्ने संविधानमा भ्रष्टचारीलाई देशद्रोही घोषणा गर्नु पर्ने बताएका छन । सूर्यवंशीले राज्यको हरेक निकायमा ५१ प्रतिशत महिलाहरुको सहभागिताको सुनिश्चितताका लागि राष्ट्रिय जनमुक्ति पार्टी लागिरहेको बताए । होमाया गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका संघीय परिषद सदस्य अशोक पुन, राष्ट्रिय दलित मोर्चाका केन्द्रीय सचिव श्याम परियार, राष्ट्रिय युवा मोर्चा लुम्विनी राज्य समितिका अध्यक्ष दलबहादुर थापा लगातयले आ–आफना भनाई राखेका थिए । प्रथम भेलाले धनी आलेको अध्यक्षतामा ९ सदस्यीय राष्ट्रिय महिला मोर्चा लुम्विनी राज्य समिति गठन गरेको छ । जसको उपाध्यक्षमा रुपा थापा, सचिवमा सविना प्रेमी, सहसचिवमा उमा रास्कोटी, कोषाध्यक्षमा विष्णु माया थापा रहेका छन । अन्य सदस्यहरुमा बिमला गुरुङ्ग, विष्णुृ माया राना, जानकी गुरुङ्ग, माया विक छन । धनीआलेको स्वागत र तिलबहादुर झेडीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
