चौथो पाल्पा जिल्ला आईटिएफ तेक्वान्दो प्रतियोगिताको तयारी पुरा

Read Time:2 Minute, 34 Second

देब पचभैया

पाल्पा भाद्र २० – मदरल्याण्ड आइटिएफ तेक्वान्दो डोजाङ्ग र पाल्पा आइटिएफ तेक्वान्दो संघको आयोजनामा शनिबार  तानसेन टुडिखेलमा हुन लागेको चौथो पाल्पा जिल्ला आई. टि. एफ. (ITF) तेक्वान्दो प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको आयोजकहरुले जानकारी दिएका छन् ।

पाल्पा जिल्ला भित्र रहेका पाल्पा आइटिएफसंग आवद्ध डोजाङ्ग-क्लब-विद्यालय, बाट गरी २१५ जना खेलाडीहरुको सहभागिता रहने प्रतियोगिताका संयोजक तथा मदरल्याण्ड आइटिएफ तेक्वान्दो डोजाङ्गका प्रमुख प्रशिक्षक सुनिल राइले जानकारी दिनुभयो । प्रतियोगितामा  ३० स्वर्ण ३० रजत र ५० कास्य पदकका लागि सिनियर, जुनियर एकल पुरुष, महिला स्पारिङ्गतर्फ १५ के.जी. देखि ७० के.जी.तौल समुह बिच ५-५ के.जी. को फरकमा प्रतिस्पर्धा हुनेछ । प्याट्रन तर्फ पहेलो, हरियो पेटी, निलो पेटी, रातो पेटी र कालो पेटी पहिलो डानमा प्रतिस्पर्धा हुनेछ ।

शनिबार बिहान ९ बजे देखि टुडिखेल मैदानमा प्रतिस्पर्धा शुरु हुने बताईएको छ । आइटिएफ पाल्पाले स्थापनाकाल देखिनै राष्ट्रिय, क्षेत्रिय तथा जिल्ला स्तरका प्रतियोगिताहरू सफलतापूर्वक सम्पन्न गर्दै आइरहेको  छ ।  प्रतियोगिताले नेपाली तेक्वान्दो खेललाई अझ स्तरीय र उत्कृष्ट खेलको रुपमा विकास गर्नका लागि थप टेवा पुर्याउने र नेपाली मार्शल आर्टको विकास र प्रवद्र्धनका लागि महत्वपूर्ण योगदान  पुग्ने पाल्पा आइटिएफ तेक्वान्दो संघका अध्यक्ष  निरबहादुर सारुले बताए ।

प्रतिस्पर्धामा अन्र्तराष्ट्रिय एबं राष्ट्रिय प्रतियोगितामा भाग लिएर बिजेता भएका खेलाडीहरुको पनि सहभागीता रहने खेल आयोजकहरुले जानकारी दिएका छन् ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %