राष्ट्रिय दलित मोर्चाको प्रथम राष्ट्रिय महाविधेशन सम्पन्न

Read Time:2 Minute, 22 Second

गोविन्द घर्ति
देवदह भद्रौ १९ – राष्ट्रिय जनमुक्ति पार्टीको भातृसंगठन राष्ट्रिय दलित मोर्चाको प्रथम राष्ट्रिय महाविधेशन ९ बुदे घोषणा पत्र जारी गर्दै सम्पन्न भएको छ । महाधिवेशनले पास गरेका घोषणापत्र सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिईएको हो । गत मंगलवार नवलखपरासीको वर्दघाटमा राष्ट्रिय दलित मोर्चाको प्रथम महाधिवेशन शुरु भएको थियो । पत्रकार सम्मेलनमा बोल्दै नव निर्वाचित केन्द्रीय अध्यक्ष रामु परियारले नेपालमा अधिकार सम्पन्न दलित आयोग गठन नगरे सम्म सम्पूर्ण दलितहरुको अधिकार स्थापित हुन नसक्ने बताएका थिए । अध्यक्ष परियारले राज्यले दलित आयोगको नाममा आफना कार्यकर्ता भर्ती केन्द्रको रुपमा मात्र गठन गर्ने गरेको आरोप लगाएका थिए । अध्यक्ष परियारले अव बन्ने संविधान दलित मैत्री बनाउन राजनैतिक दलहरुलाई आग्रह गरेका थिए । नवलपरासीमा सम्पन्न प्रथम महाधिवेशनले रामु परियारको अध्यक्षतामा १७ सदस्यीय नया कार्यसमिति चयन गरेको छ । जसको सहअध्यक्षमा रमेश गजमेर, उपाध्यक्षमा कृष्ण नेपाली, सिमा कुमारी कौशल, वीर कुमार परियार, महासचिवमा लालबहादुर गोतमे, उपमहासचिवमा टंक परियार, सचिवमा श्याम परियार, कोषाध्यक्षमा सुरेश राखमदास रहनु भएको छ । अन्य सदस्यहरुमा लाल बहादुर वि.क, दिप परियार, लिलबहादुर परियार, गंभिरसिं परियार, लिला वि.क, मैना बराईली, रामकुमार लोकाङ्गी चयन भएको छ । मोर्चाका केन्द्रीय सदस्य लिल बहादुर वि.कको अध्यक्षता र महासचिव लालबहादुर गोतामेको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %