गोविन्द घर्ती
देवदह भदौ १७ – व्यापार व्यवसायमा नाफा कमाउने उद्देश्य रहेता पनि व्यापारिले सामाजिक दायित्व समेत पुरा गर्नु पर्ने रुपन्देहीको देवदहमा आयोजित एक कार्यक्रममा बोल्ने वक्ताहरुले बताएका छन ।
राज्यले बनाएका निती नियमहरु सबैले पालना गर्नु पर्नेमा उनीहरुको जोड रहेको थियो । व्यापारीले मूल्य सूची राख्नुपर्ने, गुणस्तरयुक्त सामाग्रीहरु विक्री वितरण गर्नु पर्ने र राज्यलाई कर बुझाउनु पर्ने उनीहरुको भनाई रहेको थियो । देवदह व्यापार संघको सचिवालय उदघाटन कार्यक्रममा बोल्ने वक्ताहरुले उक्त कुरा बताएका हुन ।
कार्यक्रममा बोल्दै देवदह नगरपालिकाका कार्यकारी अधिकृत टेकराज भट्टराइले देवदह महत्वपूर्ण बजार भएकाले व्यवस्थित बजारिकरणको आवश्यकता रहेकोब ताए । भगवान गौतम वुद्धको मावली स्थल समेत रहेको देवदह क्षेत्रमा पर्यटनको विकास गर्न सके व्यापार व्यवसाय समेत फस्टाउने बताए । भगवानपुर पाल्पा जोड्ने वैकल्पिक मार्ग सञ्चालन भएपछि देवदह महत्वपूर्ण बजारको रुपमा विकास हुने हुदा व्यवस्थित बजार बनाउनु पर्नेमा जोड दिए ।
सोही कार्यक्रममा बोल्दै रुपन्देही व्यापार संघका अध्यक्ष श्रीकृष्ण पोख्रेलले राज्यले अनावश्यक कर लगायर व्यापारिलाई दुःख दिने गरेको बताए। करको बारेमा व्यापारीलाई नबुझाई कर लगाउदा अहिले समस्या आएको अध्यक्ष्ँ पोख्रेलको भनाई रहेको छ । उद्योग र व्यापार फरक प्रकृतिको व्यवसाय भएकोले मुल्य अभिवृद्धिकर फरक हुनु पर्नेमा उनले जोड दिए ।
देवदह व्यापार संघका अध्यक्ष कोष बहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्र प्रसाद कडेल, उद्योग व्यापार संगठन देवदह शाखाका अध्यक्ष गोविन्द ठडराई, देवदह उद्योग वाणिज्य संघका महासचिव प्रमोद खनाल, नेकपा एमाले जिल्ला कार्य समिति सदस्य ऋषिराम सापकोटा, नेपाली कांग्रेसका देवदह नगर सभापति दुर्गा बहादुर राना, नेकपा एमालेका देवदह नगर संयोजक पदम थापा, देवदह व्यापार संघका सल्लाहकार रुद्रमान ढकाल, देवदह साप्ताहिकका प्रकाशक त्रिलोचन दाहाल लगायतले बोल्दै वैदेशिक रोजगार र भन्सारमा उठने करले मात्र देश चलाउन कठिन हुने हुदा उद्योग व्यवसायीको सुरक्षामा राज्य लाग्नु पर्नेमा जोड दिएका थिए ।
संघका वरिष्ठ उपाध्यक्ष ठाकुर प्रसाद गौतमको स्वागत र महासचिव माधव ढकालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
