गोविन्द घर्ति
रुपन्देही भद्रौ १४,एकात्मक राज्य व्यवस्थाको अन्त्य विना आदिवासी जनजातिको अधिकार स्थापित हुन नसक्ने तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष रेशम गुरुङ्गले बताएका छन । गुरुङ्गले राज्यको वेवास्ताका कारण आदिवासी जनजातिहरु पछाडि परेको बताउदै अव बन्ने संविधानमा आदिवासी जनजातिको मुद्दा सम्वोधन नभए विद्रोह गर्ने चेतावनी पनि दिएका थिए । गुरुङ्गले जातीय पहिचान विनाको संघीयताको कुनै अर्थ नहुने हुदा आदिवासी जनजातिहरुको हक, अधिकार र पहिचान सहीतको संघीयताको संविधानको लागि राज्यलाई दवाव दिनु पर्नेमा जोड दिए । अध्यक्ष गुरुङ्गले आदिवासी जनजातिहरुको संस्कार, संस्कृति र भाषा बचाउन राज्य गंभिर भएर लाग्नु पर्नेमा जोड दिएका थिए । तमु् छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद रुपन्देहीको ९ औं जिल्ला अधिववेशनको उद्घाटन गर्दै गुरुङ्गले उक्त कुरा बताएका हुन । अध्यक्ष गुरुङ्गले समाज रुपान्तरण गर्न राजनैतिक दलभन्दा माथि उठेर लाग्नु पर्नेमा जोड दिदै कुनै पनि जातीय संस्थामा राजनैतिक हस्तक्षेप गर्न नहुने कुरा बताए । गुरुङ्गले आदिवासी जनजातिले उठाएको मुद्दा प्रति भारत र चिन सकरात्मक भएको कारण अव बन्ने संविधानमा आदिवासी जनजातिको अधिकार स्थापित हुने खालको संविधान आउनेमा शंका व्यक्त गरेका थिए । गुरुङ्ग समाजमा रहेको लिपिको विवाद छिट्टै अन्त्य गर्ने दावी गरे । तमु ह्युल छोंज धी गुरुङ्ग राष्ट्रिय परिषद रुपन्देहीका अध्यक्ष चन्द्रबहादुर गुरुङ्गको अध्यक्षतामा भएको कार्यक्रममा परिषदका केन्द्रीय संरक्षक अध्यक्ष कुम्भराज गुरुङ्ग, परिषदका केन्द्रीय उपाध्यक्ष माया तमु, गुरुङ्ग महिला राष्ट्रिय परिषदका केन्द्रीय अध्यक्ष भगवती तमु, परिषदका केन्द्रीय अनुगमन समितिका सदस्य भिमप्रसाद गुरुङ्ग, नेपाल आदिवासी जनजाति महासंघ रुपन्देहीका अध्यक्ष सन्तराम चौधरी, परिषद रुपन्देहीका पुर्व अध्यक्ष टेकबहादुर तमु, फोनिज रुपन्देहीका अध्यक्ष मिलन गाहा, ठाकुरजंग गुरुङ्ग गलायतले आ–आफना भनाई राखेका थिए । उपाध्यक्ष देउ प्रसाद गुरुङ्गको स्वागत र सचिव मदन गुरुङ्गको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
राज्यको वेवास्ताका कारण आदिवासी जनजातिहरु पछाडि
Read Time:3 Minute, 26 Second
