नयाँ नेपालको प्रश्न’ पुस्तकको लोकार्पण

Read Time:2 Minute, 15 Second

देब पचभैया

काठमाडौं, १५ भदौ – जनजाति अगुवा तथा राजनीतिज्ञ परशुराम तामाङको ‘नयाँ नेपालको प्रश्न’ पुस्तकको लोकार्पण गरीएको छ ।

लोकार्पण कार्यक्रममानेपाली कांग्रेसका नेता इन्द्रबहादुर गुरङले आदिवासी जनजातिको सवाललाई राज्यले वेवास्ता गरीरहेको बताए । जनजाति अगुवा मल्ल के सुन्दरले आदिवासी जनजातिहरु एउटै विचार र एउटै धारमा हिड्न सके जनजातिको मुद्दाले संविधानमा स्थान पाउने बताए ।

आइतबार बृहत कार्यक्रमको आयोजना गरी पुस्तकको लोकार्पण गरीएको हो । पुस्तकमा नयाँ नेपाल निर्माणका प्रश्नहरुको संगालो र उत्तर रहेको लेखक तामाङले बताए । ‘नयाँ नेपाल निर्माणका लागि राज्यको पुनसंरचना गर्नु सबैभन्दा ठूलो लक्ष्य हो ।’ उनले भने, जनमानसमा फैल्याइएको संघीयताका भ्रमहरुलाई हटाउन यस पुस्तकले मद्दत गर्नेछ । कार्यक्रममा मधेसी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव एमाओवादी नेतृ हिसिला यमी, जनजाति महासंघका अध्यक्ष नगेन्द्र कुमाल लगायत दर्जनभन्दा बढी नेताहरुले पुस्तकका लेखक तामाङलाई बधाइ तथा शुभकामना दिएका थिए ।

‘नयाँ नेपालको प्रश्न’ पुस्तकका लेखक तामाङ २००८ सालमा जन्मिएका हुन् । जातीय शासन र संघीयता, अल्पसंख्यकको संरक्षण लगायत दर्जनभन्दा बढी पुस्तकको प्रकाशन गरीसकेका तामाङले जनजाति आन्दोलनमा निकै ठूलो योगदान दिएका छन् । उनको यस पुस्तकमा पहिचान, संघीयताका विषयमा भइरहेका भ्रमहरु, संघीय राज्य, विभिन्न देशमा भइरहेको संघीयताको मोडल लगायत विषयमा प्रश्न तथा जानकारी दिइएको छ । पुस्तकको बजार मूल्य एक सय रुपैंया रहेको छ ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %