खै त मानवता ?

Read Time:2 Minute, 57 Second

दिल प्रसाद थापा  

मंगलबारको दिन ठुलो वर्षा भई रहेको थियो । बर्षा भएता पनि मोटरसाइकलमा बुटवल तिर हुईकिए । बुटवल आई पुग्ने बेलामा तिनाउ नदिको पुल हुदै आफ्नो रफ्तारमा बुटवल तिर आई रहेको थिए । अचानक मेरो आखाँ कुनै देखिएको कुरामा अड्कियो ।
थुक्क कस्तो लाज नलागेको मन मनै भने । त्यो बाटोको छेउमा बस्ने एक जना नग्न अर्ध वैसको मान्छे जस्तो देखिने वा अचेतक जस्तो देखिने जो यस्तो वर्षामा सडकको छेउमा नाङ्गै कुप्रो परेर नाजुक अवस्थामा थरथर कापेर बसीरहेकोलाइ मैले थुकेको होइन । कस्तो लाज नलागेको त्यो मानिसको लागि होइन जो बटुवा मान्छेहरु त्यही मान्छेको अधि बाट उसलाई हेरेर आखा छेकेर देखेर पनि नदेखे जस्तो गरेर हिडेका छन त्यस्तालाई लाज लाग्न पर्ने हो भन्छु म । विभिन्न समाजसेवा गर्छु भनेका समाजिक संघ सस्थामा वा सरकारी, ठुला ठुला मानवता सम्बन्धी धार्मीक प्रवचन दिने र लिने व्यक्तीत्वहरुले पनि त्यो दृश्य अवस्य देखे होलान । तर कसैले उससँग बोल्ने, सहयोगको गर्ने वा कपडा दिने चेष्टा गरेनन् । आफुलाई थाम्न सकिन आखिर जो भएता पनि चाहे त्यो सुस्त मनस्थिती होस मेरो बुझाइमा उ मानव हो । मानवको सहयोग मानवले नै गर्ने हो । त्यसपछि म आफै लागे नजिकको कपडा पसलको होलसेल दोकानमा अलि सस्तो कपडा पाइन्छ भनेर त्यस समय पकेटको बजेट पनि कम थियो । टिसर्ट र जाङ्गे पाए सस्तैमा अनि त्यो मानिस भएको ठाउमा पुगे त्यहा त्यस मान्छेको चिनजान जस्तो देखिने व्यक्ती रहेछ जसले उसलाई बोरा जस्तो चिजले ओडाएको रहेछ अनि मैले ल्याएको एक जोड कपडा उसलाई लगाउन दिए । उठ्न पनि नसक्ने हालतमा भएको हुनाले उसको सहयोगिले कपडा लगाइदियो । अली परको चिया पसलबाट उसलाई समोसा किनेर दिनको लागि समोसा लिन गए । समोसा लिएर जादा उ त्यहा थिएन उसको सहयोगिले उसलाई त्यहाबाट लगेको थियो होला । समोसा चाहि सकर्मी साथीहरुलाई दिए साझको खाजा खाने टाइम भएको को थियो सदुपयोग नै भयो । त्यस पछि मन केही हलुका भयो र म आफ्नो दैनिक काममा लागे ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %