अञ्चल अस्पतालको सटर टेण्डरको विषय अझै टुङ्गेन

Read Time:5 Minute, 42 Second

साता भरिमा १६ वटा फराम वितरण

कमल चौधरी

बुटवल, लुम्बिनी अञ्चल अस्पतालमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र पहलमा अस्पतालले सटरहरुलाई टेण्डर प्रकाशन गरेको विषयमा उठेको विवाद सात दिन बितिसक्दा पनि अझै टुङ्गोमा पुगेको छैन । सटर व्यवसायीहरु भाडामा बसी व्यवसाय गरिरहेको व्यवसायी विस्थापित गराउने उद्देश्यले सूचना प्रकाशित टेण्डरको घोर विरोध गर्दै अन्दोलनमा उत्रेका छन् ।

उनीहरुले सहमाति र सहकार्य गरेर टेण्डर प्रक्रियामा जानुपर्ने भन्दै विना सहमति र सहकार्य अनुसार टेण्डर प्रक्रियामा गएकोले यो उचित नभएको भन्दै अन्दोलन गरेको सटर व्यवासयी बताउँछन् । यसरी हप्ता दिन बितिसक्दा पनि अस्पताल र सटर व्यावसायी बीच भएको विवाद मिल्न नसक्दा सेवाग्राहीहरुले सास्ती खेप्नु परेको छ । विशेष गरी दिनहुँ सयौको संख्यामा चाप हुने मल्ल मेडिकल हल, आले डेन्टल, विशाल पुस्तक पसल लगायतका सटरहरु नखुल्दा बिरामी तथा सेवाग्राहीहरु अन्यन्त्र भैतारिनु परेको छ । त्यस्तै एक व्यवसायी सुदर्शन जोशीले लामो समय देखि व्यपार व्यवसायी गर्दै आएको व्यापारीहरुलाई विस्तापित गर्न नहुने बताउँछन् । उनले भने –‘अस्पताल समितिले पटक–पटक निर्णय गरेर तोकिएको भाडा तिर्न हामीहरु तयार छौं । तर हामीलाई विस्तापित गर्नु हुदैन ।’

व्यापार भन्ने कुरा कुनै घरको कोठा सरि रहने जस्तो कुरा होइन, यो त वर्षाै बर्ष सम्म गरिने कुरा हो । त्यसैले व्यवसायीलाई स्थायीत्व हुनुपर्ने अर्का व्यवसायी राजन रायमाझी बताउँछन् । त्यस्तै बसन्त जि.सी लुम्बिनी अञ्चल अस्पतलको सटरमा व्यापार गर्दै अएका व्यापारी हुन् । उनी विगत २६ बर्ष देखि त्यही अञ्चल अस्पतालको सटरमा नै औषधी पसलको व्यापार गर्दै आएका छन् । तर उनले अस्पतालले आव्हान गरेको टेण्डर प्रक्रियाको घोर विरोध गरेका छन् । उनले अस्पतालले आफुहरुलाई व्यवसायीहरुलाई विस्तापित गर्न नहुने बताउँछन् । जि.सी.ले सामाजिक न्याय अनुसार अगाडी बढ्नु पर्छ हैनकी कसैलाई काखी च्यापेर अर्कालाई विस्तापित गर्ने खेल खेल्न नहुने भन्दै आफू सटर व्यापारीहरु विरोधमा उत्रेको बताउँछन् ।

उता अस्पताल प्रशसान भने अख्तियारको निर्देशनअनुसार सटरहरु टेण्डरमा लगिएको हो भन्दै सम्पूर्ण टेण्डर प्रक्रियाहरु त्यही अनुरुप अगाडी बढ्ने भनिरहेको छ । ७३ वटा सटर विना प्रतिस्पर्धा विभिन्न व्यक्ति वा फर्मले भाडामा लगाउँदै आएको छ । अस्पतालका सटरहरु टेण्डर प्रक्रियामा लगेपछि अब अस्पताललाई मासिक रुपमा लाखौं आम्दानी हुनुको साथै अञ्चल अस्पताललाई थप सेवा सुविधायुक्त प्रदान गर्न सकिने अस्पताल प्रशासनले जनाएको छ । यसरी अस्पतालले टेण्डर मार्फत भाडामा लगाउन खोजे पनि व्यापारीहरुले हरेक पटक अवरोध गर्दै आएका छन् ।

यता सूचना अधिकृत रेग्मीले भने साउन १५ गते सर्वदलीय बैठक बोलाएर टेण्डरमा गएको बताए । उनले ०७० साउन १ गते देखि नै व्यवसायीहरु संगको सम्झौता सकिएकाले १ बर्ष पछि पर्खेर टेण्डरमा बसेको बताए । अस्पतालले टेण्डर आह्वान गरेपछि केही सम्भावित घटना हुन सक्ने भन्दै अस्पताललाईन परिसरमा बिहानैदेखि प्रहरी खटाइएका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी निरीक्षक जगदिस तिमिल्सीनाले अहिले टेण्डरको विषयलाई लिएर व्यवसायी र प्रशासन बीच केही अप्रिय घटना हुन सक्ने भन्दै आफूहरु सुरक्षामा खटिएको बताए । उनले सुरक्षाकर्मीहरुको २३ जनाको समूहमा अञ्चल अस्पतालको चारैतर्फ सुरक्षा प्रदान गरिरहेको र यदी जबरजस्ती गर्न खोजेमा नियन्त्रणको लागि लाठी चार्ज समेत गर्ने जनकारी दिए । उनले टेण्डरको लागि ३ गते फराम वितरण भए देखि सोही दिन मंगलबार ३ वटा, ४ गते बुधबार १ वटा, ५ गते विहीबार ७ वटा, ६ गते शुक्रबार २ वटा र ८ र ९ गते शनिबार र आईताबार फराम वितरण नभएको र सोमबार ३ वटा गरी १६ वटा फराम वितरण भैसकेको जानकारी गराए । उनले फराम अनलाईन मार्फत पनि भरिरहेको जानकारी गराए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %