आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा हङकङद्वारा भेट्घाट तथा सम्मान कार्यक्रम सम्पन्न

मुक काजी गुरुङ, हङकङ

२३ अगस्त २०१४ का दिन जोर्डनस्थित चौतारी क्लबमा आंधीखोला स्पोर्ट्स क्लब स्याङ्जा हङकङले एक रात्री भोजको आयोजना गरि गत महिना सम्पन्न आंधीखोला स्पोर्ट्स क्लबको प्रथम अधिवेशनबाट नव(निर्वाचित कार्यसमिति तथा सल्लाहकार र अफिसियल मिडियालाई खादा ओढाई सम्मान तथा स्वागत गरेका छन। क्लबका नव(निर्वाचित अध्यक्ष ईश्वर गुरुङको अध्यक्षतामा सम्पन्न उक्त सम्मान कार्यक्रममा स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष कोमल कान्छा गुरुङ प्रमुख अतिथिको रुपमा आसिन थिए भने स्याङ्जा जिल्ला भित्रका बिभिन्न समाजका अध्यक्ष एवं प्रतिनिधिहरु र क्लबका सल्लाहकार तथा अफिसियल मिडिया पार्ट्नरलाई समेत मञ्चमा आतिथ्य प्रदान गरिएको थियो। मञ्चमा आसिन ब्यक्तित्वहरुमा फेदीखोला सेरोफेरो समाजका अध्यक्ष टेक बहादुर गुरुङ,उपाध्यक्ष मनकाजी घले, भिरकोट आठ्थर तमु समाजका प्रतिनिधी चौ गुरुङ लगायत क्लबका सल्लाहकारहरु मोहन९टिला०गुरुङ,सोम गुरुङ, क्लबका निवर्तमान ब्यबस्थापक तथा वर्तमान सल्लाहकार शंकर गुरुङ,खड्का गुरुङ र गोपाल गुरुङ साथै अफिसियल मिडिया पार्ट्नर मुक काजी गुरुङ थिए। साथै स्थानको अभावले क्लब ब्यबस्थापक रबिन थापा, सह ब्यबस्थापक राजु थापा लगायत क्लबका उच्च ओहोदामा आसिन केहि ब्यक्तित्वहरुलाई पनि यथास्थानमा आसिन गराएका थिए। क्लबका उपाध्यक्ष बिक्रम गुरुङको स्वागत मन्तब्य रहेको कार्यक्रमलाई सह(सचिव खगेन्द्र गुरुङले सञ्चालन गरेका थिए। सचिव कुमार गुरुङको शुभकामना मन्तब्यबाट शुरु भएको कार्यक्रममा फेदीखोला सेरोफेरो समाजका अध्यक्ष टेक गुरुङ, सल्लाहकार सोम गुरुङ र वर्तमान ब्यबस्थापक रबिन थापाले आ(आफ्नो तर्फबाट क्लबको बारेमा बोलेका थिए भने स्पोर्ट्स क्लबको प्रथम अधिवेशनबाट नव(निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा पूर्ण कार्यकालको शुभकामना ब्यक्त गरेका थिए। यसैगरि प्रमुख अतिथि स्याङ्जा जनसेवा समिति हङकङका अध्यक्ष कोमल कान्छा गुरुङले स्पोर्ट्स क्लबको प्रथम अधिवेशनबाट नव(निर्वाचित सम्पूर्ण पदाधिकारीहरुलाई हार्दिक बधाई तथा शुभकामना ब्यक्त गर्दै समितिको मातहतमा रहेको स्पोर्ट्स क्लबलाई हमेशा समितिको समर्थन रहनेमा आफ्नो भनाई ब्यक्त गरे र बिगतमा क्लबले जस्तो सफलताको शिखर चुमेको थियो,त्यसैगरि आउंने दिनहरुमा पनि क्लब र समिति एक आपसमा हातेमालो गर्दै जसरी आंधीखोला उर्लेर आउंछ त्यसरी नै उर्लेर आउंनु पर्ने बताए। अन्तमा, अध्यक्ष ईश्वर गुरुङले क्लबको प्रथम अधिवेशनले आफुलाई क्लब सम्हाल्ने जुन अभिभारा सुम्पेको छ। सर्वप्रथम सम्पूर्ण कार्यसमिति लगायत खेलप्रेमी स्याङ्जाबासीहरुलाई धन्यवाद ब्यक्त गरे र प्रथम अधिवेशनबाट निर्वाचित सम्पूर्ण कार्यसमितिका पदाधिकारीहरुलाई हार्दिक बधाई ब्यक्त गर्दै आफ्नो कार्यसमितिले चयन गरेका सल्लाहकार लगायत मिडिया मित्रहरुको हरपल क्लब प्रति सल्लाहसुझाबको आवश्यकता पर्ने बताए। यसैगरि क्लबको प्रथम अधिवेशन पश्चात आयोजित प्रथम भेट्घाट तथा सम्मान कार्यक्रममा उपस्थित जनाईदिनु भएकोमा सम्पूर्ण कार्यसमिति, सल्लाहकार एवं मिडिया मित्रहरु र स्याङ्जाबासी खेलप्रेमी दाजुभाइहरुलाई बिशेष धन्यवाद ब्यक्त गर्दै आगामी दिनहरुमा आयोजना हुने क्लबको कार्यक्रममा यसैगरि सम्पूर्ण स्याङ्जाबासीहरुको उपस्थितिको अपेक्षा गर्दै कार्यक्रमलाई समापन गरेका थिए। कार्यक्रममा प्रथम अधिवेशनबाट निर्वाचित कार्यसमितिका पदाधिकारी तथा सल्लाहकारहरु र अफिसियल मिडियालाई खादा लगाई सम्मान गरिएको थियो। आंधीखोला स्पोर्ट्स क्लबको प्रथम अधिवेशनबाट नव निर्वाचित पदाधिकारी तथा सदस्य र सल्लाहकारहरु यस प्रकार रहेको छ।

१, अध्यक्ष – ईश्वर गुरुङ

२, उपाध्यक्ष – बिक्रम गुरुङ

३, सचिव – कुमार गुरुङ

४, सह-सचिव – खगेन्द्र गुरुङ

५, कोषाध्यक्ष – गोपी राना

६, सह(कोषाध्यक्ष – शसी गुरुङ

७, ब्यबस्थापक-रबिन थापा

८, सह ब्यबस्थापक – राजु थापा

९, अफिसियल मिडिया पार्ट्नर – मुक काजी गुरुङ

सदस्यहरु,

१, तेमानसिं थापा

२, श्री थापा

३, गणेश थापा

४, अशोक गुरुङ

५, एग्नेश थापा

६, तिर्थ गुरुङ

७, रितेश थापा

८, प्रकाश गुरुङ

९, राजकुमार जि आर

१०, प्रदीप गुरुङ

११, किरण गुरुङ

१२, गंगा गुरुङ

१३, आकाश बराल

१४, मिलन शाही

१५, रमेश थापा

१६, दिपकसिं ठकुरी

१७, बिनोद गुरुङ

१८, तोरण गुरुङ

१९, युब राज गुरुङ

२०, बिराज गुरुङ

२१, सुजन राना

२२, चिन गुरुङ

२३, नरेन्द्र गुरुङ

२४, जिबन खांण

२५, देव गुरुङ

२६, राज कुमार गुरुङ

२७, श्याम गुरुङ

२८, नैना गुरुङ

२९, बिर बहादुर गुरुङ

३०, राम गुरुङ

३१, बिनय खाँण

सल्लाहकारहरु,

१, मोहन (टिला) गुरुङ

२, याम गुरूङ

३, शंकर गुरुङ

४, प्रितम गुरुङ

५, गोपाल गुरुङ

६, सोम गुरुङ

७, भोजेन्द्र गुरुङ

८, खड्का गुरूङ

९, मोहन गुरुङ

१०,टम गुरूङ