कर्पाकेली समाज बाबा समुहमा तिजको दर

Read Time:1 Minute, 37 Second

मनोज घर्तीमगर

पोखरा, ८ भदौँ – कर्पाकेली समाज बाबा समुहले हरितालिका तिजको अवसरमा फिमला आमा समुह र आमन्त्रित दिदीबहिनीलाई नदीपुरमा आज सामुहिक दर खुवाउनुका साथै मौलिक नाचगान र शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ ।

कर्पाकेली समाज बाबा समुहका अध्यक्ष मेजर चन्द्रबहादुर पहरे पुनले दियो बालेर कार्यक्रमको उद्घाटन गर्दै नारीहरुलाई अगाडी बढ्न आग्रह गरे ।

फिमला आमा समुहका अध्यक्ष चनमती पाईजाले पर्व कुनै समुदाय विशेषको नभएकोले सबै एक साथ भएर मनाउनुपर्ने बताए ।

कार्यक्रम संयोजक उषा पहरे पुनले सबै नारीको पर्व भएकोले प्रत्येक नारी ‘म’ बा माथी उठेर हामी र हाम्रो भवना जगाएर संस्कृतिलाई निरन्तरता दिनुपर्ने बताए ।, कार्यक्रममा अतिथिहरु देउजीत तिलिजा, रुकमाया तिलिजा, हुमबहादुर पूर्जा पुन, बसन्ती पुर्जा पुन, यूबहादुर पूर्जा पुन, शान्ति गर्बुजा लगायतले शुभकामना दिए ।

दोस्रो पटक आयोजित कार्यक्रममा पुन सदस्य, फिमला आमा समुहका सदस्यहरु र आमन्त्रित व्यक्तिहरुले सामुहिक रुपमा दर खाएर नाँचगान गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %