नागरिकलाई स्वास्थ्य सेवाको पहुँच पुर्याउन स्वास्थ्य मन्त्रालय प्रतिवद्ध

Read Time:4 Minute, 25 Second

गोविन्द घर्ती

 
देवदह भद्रौ ७, नेपाली नागरिकलाई उचित स्वास्थ्य सेवाको पहुच पुर्याउन स्वास्थ्य मन्त्रालय प्रतिवद्ध रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले बताएका छन ।

 

मन्त्री अधिकारीले अहिलेको बाढिप्रकोपबाट सृजना हुनसक्ने स्वास्थ्य सम्वन्धी समस्यालई समाधान गर्न स्वास्थ्य मन्त्रालयले योजनावद्ध कार्यक्रम तयगरेको बताउदै बाढिपिडित क्षेत्रमा थप स्वास्थ्य सेवा संचालनमा रहेको बताए । देवदह नगरपालिकालाई पूर्ण खोपयुक्त नगरपालिका घोषणा गर्दै मन्त्री अधिकारीले नियमित रुपमा राज्यले सिफारिस गरेका खोप सतप्रतिशत वालवालिकालाई लगाउन सकेमात्र पूर्णखोप घोषणको औचित्य हुने बताएका थिए । मन्त्री अधिकारीले सामुदायिक अस्पतालको भवन निर्माण गर्ने कार्य भन्दा पनि व्यवस्थापनको समस्या धेरै देखिने गरेको बताउदै देवदहमा स्थापना गर्न लागिएको मायादेवि सामुदायिक अस्पताल निर्माण गर्न आफुले सक्दो सहयोग गर्ने वचन वद्धता व्यक्त गरे ।

देवदह नगरपालिकालाई पूर्णखोप घोषणा गर्न महिला स्वस्थ्य स्वयमसेवीका, सामाजिक संघसंस्था, स्थानीयवासीले पुर्याएको योगदानको प्रशंशा गर्दै सवै मिलेर काम गर्ने हो भने विपन्न बर्ग सम्म स्वास्थ्य सेवा सजिलै पुर्याउन सकिनेमा जोड दिएका थिए । देवदह नगरपालिका कार्यकारी अधिकृत टेकराज भट्टराईको अध्यक्षतामा भएको कार्यक्रममा क्षेत्र नं १, रुपन्देहीका सभासद अव्दुल रज्जाक, रुपन्देहीका स्थानीय विकास अधिकारी विश्वप्रकाश अर्याल, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका ओमप्रकाश पन्थी, डा. राजेन्द्र रायमाझी, नरबहादुर कार्की लगायतले आ–आफना भनाई राखेका थिए ।

मित्रलाल न्यौपानेको स्वागत र देवदह उपस्वास्थ्य चौकीका प्रमुख जयकिशन अधिकारीको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो । त्यसैगरी संयुक्त सरकार भएका कारण सरकारको काम कार्वाहीमा कठिनाई हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्री खगराज अधिकारीले बताए । अधिकारीले सत्तासाझेदार दलकै कारण काम गर्न अप्mठ्यारो परीरहेको हुदा जनचाहना अनुसार दु्रतगतिमा काम गन नसकेको बताए । रुपन्देहीको देवदहमा पत्रकारहरु संग कुराकानी गर्दै मन्त्री अधिकारीले सत्ता साझेदार दलले आफना भातृसंगठनलाई उचालेका कारण काम गर्न कठिनाई भएको बताउनु भयो । २२ बर्षपछि स्वास्थ्य नीति परिवर्तन गरी आमनेपाली नागरिकको पहुँचमा स्वास्थ्य सेवा पुर्याउन स्वास्थ्य मन्त्रालय लागिपरेको बताए ।

आफनै कार्यकालमा सामाजिक स्वास्थ्य नीति ल्याएर सरकारी स्वास्थ्य संस्थाहरुको सुधार, स्वास्थ्य विमा लगायत नागरिकको पक्षमा नीति अवलम्वन गरेको बताउदै मन्त्री अधिकारीले दुर्गम क्षेत्रमा चिकित्सकहरुलाई काम गर्न पठाउने रणनीति तयार गरेको र निःशुल्क वितरण हुने औषधीमा समेत बृद्धिगरी ३९ बाट ७० पुर्याउन स्वास्थ्य मन्त्रालयले तयारी गरीरहेको बताए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %