विनोद रखाली मगर
स्याङ्जा , साउन ४ – महिलाहरुको पर्व हरितालिका तिजको पूर्व सन्ध्याको अवशरमा नेपाल मगर महिला संघ वालिङ् नगर समितिले तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ ।
मगर महिलाहरुको हक अधिकार हरेक निकायमा सुनिश्चत गर्न राज्यलाई दवाव स्वरुप आयोजना गरिएको कार्यक्रमको उद्धघाटन गर्दै नेपाल मगर महिला संघ स्याङ्जा जिल्लाका अध्यक्ष खगिसरा थापा मगरले आधा आकाश ओगट्ने महिला समुदाय आजको आधुनिक समयमा समेत परिवर्तनशिल हुन नसक्नु दुखको विषय रहेको वताउदै आदिवासी महिला समुदायको अवस्था झन् नाजुक रहेको भनाई व्यक्त गरे । उनले महिलाहरुको हरितालिका तिजले अहिले परम्परागत शैलि भन्दा विकृती वढि ल्याएको आरोप लगाउदै सभ्य समाज निमार्ण खर्चिलो र भड्किलो रहित तिजको आवश्यकता रहेको उद्धघोष गरे।
वालिङ् नगर समिति अन्तरगतका माथिल्लो वालिङ् मगर महिला संघका अध्यक्ष कृष्णा थापा मगर , तल्लो वालिङ् मगर महिला संघका अध्यक्ष नमु थापा मगर , भकुण्डे मगर महिला संघका उपाध्यक्ष विष्णु थापा मगर , मिर्दि मगर महिला संघका अध्यक्ष शोभा थापा मगर लगाएतले तिजको अवशरमा शुभकामना व्यक्त गरेका थिए ।
विभिन्न नगर समितिको तर्फ देखि आ–आफ्नो तिज सास्ंकृतिक प्रस्तुती राखिएको कार्यक्रममा झण्डै १०० मगर महिलाहरुको सहभागिता रहेको थियो ।
नेपाल मगर संघ वालिङ्को सभाहलमा सन्चालित कार्यक्रम नेपाल मगर संघ स्याङ्जाका सदस्य गिता राना मगरको स्वागत सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन समितिका सचिव खिना थापा मगरले सन्चालन र अध्यक्ष रुपा थापा मगरको सभाध्यक्षतामा सम्पन्न भएको थियो ।
