मृर्तक परिवारको आंसिक माग पुरा – गृहको परिपत्र सहित

Read Time:4 Minute, 2 Second

गौहत्या कानुन खारेजका लागि सशक्त आन्दोलनको आवश्यकता भएको उपस्थित युवाहरुले सुझाए ।

आङकाजी शेर्पा किसान

काठमाडौं , भाद्र ३ – आज विहान ११ बजेदेखि ३ बजेसम्म गृह र अर्थ मन्त्रलाय भित्र स्वर्गिय ल्हाक्पा तामाङको लागि न्याय माग्ने काम सम्पन्न भयो । गृहमन्त्री वामदेव गौतमा र अर्थमन्त्री राम शारण महत्तसंग वार्ताद्वारा निम्न वुदाहरुमा सहमति भएको छ । वार्तमा नेपाल तामाङ घेदुङका उपाध्यक्ष र महासचिव, गोर्खाका सभासदहरु र मृतक २ छोरा र आफन्तहरु सहभागि थिए । तामाङलाइ  साउन २९ गते गोर्खाको  सिमजुङको सिरानडाँडामा प्रहरीले गोली ठोकि घाइते बनाएको थियो । भदौ २ गते  तामाङको बीर हस्पिटलमा उपचारको क्रममा निधन भएको थियो । निम्न बुँदामा स्हमति भए पनि एउटामा भने सहमति हुन सकिन ।

(गृहमन्त्रि बामदेबको कार्यकक्षमा मृर्तकका आफन्ताहरू)

  

१,२, ३ बुँदामा माग सम्बोधन हुने भयो भने बुँदा नं ४ मा सहमति हुन सकिन ।

 

१ विभागबाट छानविन गरि दोषी प्रशासन र प्रहरी माथी तत्काल कारवाही गर्ने । गोरखाका सबै सभासदहरुबाट सि डि ओ लाई गृहमा फिर्ता बोलाउन माग गरे ।

२ मृतकका परिवारलाई रु १० लाख उपलब्ध गराउने । यस्को लागि आज गृह मन्त्रालयबाट अर्थ मन्त्रलायमा रकमको लागि पत्रचार ग–यो र अर्थ मन्त्रीसंग भेटेर बजेट उपलब्ध गर्ने भएकोछ । अर्थ मन्त्रलायबाट सहमत हुने वित्तिकै गृह मन्त्रलायले क्याबिनेटबाट अनुमोदन गर्न प्रस्ताव लानेछ । क्याविनेटबाट अनुमोदन भए पछि गृहले रकम निकास गरेर गोर्खा जिल्ला प्रशासनमार्फत मृतकका परिवारलाई उपलब्ध गराउने छ ।

३ मृतकका शबलाई हेलिकप्टरबाट गाउमा पु–याउने सहमति भए पनि हाल नेपाली सैनिकको हेलिकप्टर बढी पिडितको उद्धारका लागि पश्चिम नेपालमा भएकोले भोली वा पर्सि भित्र हेलिकप्टर उपलब्ध गराइ  शबलाई गृह जिल्ला गोर्खा पुर्याउने सहमति भएको छ ।

(अर्थमन्त्रि रामशरण महत संग मृर्तकका आफन्ताहरू)

  

गौहत्या कानुन खारेजका लागि सशक्त आन्दोलनको आवश्यकता

 

४ धर्म निरपेक्ष राज्यसंग बाझिएका गौहत्या सम्बन्धि ऐन कानुन खारेज गर्न गृह मन्त्रलाय सकरात्मक देखिएको छैन । गौहत्या सम्बन्धि ऐन कानुन खारेज गर्न सशक्त रणनीति तयार गर्न नेपाल आदिवासी जनजाति महासंघ र नेपाल तामाङ घेदुङले विस्तारित बैठक बोलाउनु पर्ने देखियो । गौहत्या सम्बन्धि कानुन खारेजका लागि सशक्त सर्घष र आन्दोलनको आवश्यकता भएको उपस्थित युवाहरुले सुझाव दिए ।

५ शव बिग्रने समस्य भएकोले हाललाई आईसमा राख्न शिक्षण हस्पिटल लान अनुमति दिने । हेलिकप्टर उपलब्ध भए पछि मात्र पोष्टमार्ट गर्ने अनुमति दिने र शब बुझ्ने सहमत भयो ।

 

(यो एक नंबर बक्सको मुचुल्का हेर्नुस, कति सत्य तथ्य पाउँनु हुन्छ?)

   

 

 

 

 

 

 

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %