रक्तदान कार्यक्रम सम्मन्न

Read Time:1 Minute, 42 Second

दिल प्रसाद थापा

बुटवल, रोटयाक्ट क्लब अफ बुटवल साउथ र नेपाल स्वयम सेवी रक्त दाता समाज, रुपन्देहीको संयुक्त आयोजनामा बुटवल स्थित ब्लड बैक रेडक्रसको भवनमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ ।

रोटयाक्ट क्लब अफ बुटवल साउथको अध्यक्ष ध्रुव केसीको र नेपाल स्ययम सेवी रक्तदाता समाजको अध्यक्ष कृष्णचौहान क्षेत्री अध्यक्षतमा भएको  कार्यक्रममा प्रमुख अतिथी क्लबका पुर्व अध्यक्ष छविलाल पाठक (२००५/०६)  रहेका थिए । कार्यक्रममा समाजका उपाध्यक्ष सुरेन्द्र शाख्यको स्वागत मन्तव्य रहेको कार्यक्रममा प्रमुख अतिथी लगायत रोटरी क्लब अफ बुटवल साउथका अध्यक्ष रामबहादुर गुरुङ्ग, समाजका सचिव लिलाधर लुइटेल , क्लबका पुर्व अध्यक्ष यादव भट्टराई, जिवन गौतम, क्लबका निवर्तमान अध्यक्ष युवराज ढकाल, लगायत अन्य अतिथीहरु बोल्दै रक्तदानको महत्व बारे बोलेका थिए ।

उक्त रक्तदान कार्यक्रममा ६६ पइन्ट रक्त सकंलन भएको थियो । कार्यक्रमको संचालन क्लबका सचिव ज्ञानेन्द्र गिरीले गरेका थिए भने कार्यक्रम संयोजन क्लबका हेल्थ कोडिनेटर डा.मिनराज भुषालले गरेका थिए ।

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %