दिल प्रशाद थापा
बुटवल , वैदेशिक उच्च शिक्षाको लागि उचित शैक्षिक परामर्श दिने मुल उद्देश्यका साथ विद्याथीहरुलाई लक्षित गरि बुटवलमै पहिलो पटक शैक्षिक मेला बुटवल २०१४ बुटवलको क्लब डेनोभोमा शनिबार सम्पन्न भएको छ ।
मेलाको उदघाटन समारोहको अध्यक्षता सपना कन्सल्टेन्सी सर्विसका डाइरेक्टर अर्चित श्रेष्ठ रहेको कार्यक्रममा प्रमुख अतिथी माननिय सभासद आदित्य नारायण कसौधन रहेका थिए भने विशिष्ठ अतिथीमा रुपन्देहीका प्रमुख जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापा रहेका थिए ।
सपना कन्सेल्टेसीका मार्केटिङ्ग डाइरेक्टर सारदुल कसौधनको संचालनमा भएको कार्यक्रममा स्वागत मन्तव्यको क्रममा आइयल आइक्यान लर्निङ्ग सेन्टरका डाइरेक्टर तथा मेलाका संयोजक विशाल श्रेष्ठले वैदेशिक उच्च शिक्षाको लागि विद्यार्थीहरुलाई उचित परामर्श दिनको लागि उक्त मेलाको आयोजना गरेको बताए ।
सपना कन्सेल्टेन्सीका एडमिसन अफिसर ज्याक्लीन सिलवेराले विभिन्न कलेजको बारेमा बताएका थिए । सो मेलामा भारतमा रहेको विभिन्न प्रान्तबाट आएका ८ ओटा कलेजहरुको सहभागिता रहेको थियो । मेलामा ८ ओटा कलेजले राखेको स्टलहरुमा विद्यार्थीहरुलाई भारतका कलेजबाट आएका प्रतिनिधीहरुले प्रत्यक्ष परामर्श सेवा दिएका थिए । विशेष गरेर मेलामा इन्जिनियरिङ्ग, नर्स , विजनेश म्यानेजमेन्ट, आई टि विषयको बारेमा परमर्श दिइएको थियो ।
उक्त मेलामा भारत लगायत अष्ट्रेलिया, न्युजिल्याण्डका विभिन्न कलेजहरुको बारेमा पनि शैक्षिक परामर्श दिइएको थियो । उक्त एक दिने मेलामा ३०० विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।
