-मनोज घर्तीमगर
मिस मगर नेपाल–२०१४ को बन्द प्रशिक्षण बिहीबारदेखि सुरु भएको छ ।
नेपाल मगर सङघ कास्कीको आयोजना तथा रिबर्थ इभेण्ट म्यानेजमेण्टको व्यवस्थापनमा भदौ २८ गते हुने प्रतियोगिताका लागि एक महिने बन्द प्रशिक्षण हुनेछ । प्रतियोगिलाई सौन्दर्य तथा मगर जातिको इतिहास, भाषा, धर्म, संस्कृति र भेषभुषा सम्बन्धी प्रशिक्षण दिइने कोरियोग्राफर सुरज थापामगरले बताए ।
प्रशिक्षण शुभारम्भमा मुख्य प्रायोजक एवं रवि अटोमोवाइल्सकी सञ्चालक टीकाकुमारी गुरुङ थापामगरले मिस मगर नेपाललाई सहयोग गर्न पाउदा खुशी लागेको बताइन् ।
प्रतियोगिताको व्यवस्थापक रिबर्थ इभेण्ट म्यानेजमेण्टका अध्यक्ष अरुण दर्लामीमगरले प्रतियोगिताले मगर जातिको पहिचान संरक्षणमा महत्वपूर्ण भूमिका खेल्ने बताउदै मगर युवतीको क्षमता र प्रतिभा पहिचानका लागि प्रतियोगिता माध्यम बन्न सक्ने दाबी गरे ।
