जापान मगर संघको नेतृत्व कौढा बुढा मगरको काँधमा

Read Time:3 Minute, 2 Second

दिलीप राना मगर / जापान

टोयाटासिटी, १६ अगष्ट – जापन मगर संघको २० औं स्थापना दिवस तथा १६ औं अधिवेशन टोयाटासीटि जापन को सामुदायिक भवनमा १६ अगष्टका दिन  सम्पन्न भएको छ ।

 

कार्यक्रम सस्थाका अध्यक्ष दिलीप राना मगरको अध्यक्षतामा महासचिव कौढा बुढा मगरले संचालन गरेका थिए भने स्वागत मन्तब्य कोषाअध्यक्ष दिलमान घर्ती मगरले गरेका थिए । कार्यक्रमको प्रमुख अतिथि आदिवासी जनजाती महासंघ जापानका अध्यक्ष मनबहादुर पुन मगर र बिशेष अतिथिमा संघका भुतपूर्व अध्यक्ष तथा संघको संरक्षक भिजेन्द्रमान पुन मगर थिए ।

अतिथि हरुमा शेर्पा संघ टोकाइ जापानका पेम्वा शेर्पा लगायत थकाली समाज र तामाङ समाजका अतिथि साथै  कलाकार अतिथिद्वय भुवन सिं थापा मगर र गायीका सीता शेर्पुन्जा मगर थिए ।

सस्थाको अधिवेशन तथा सम्मेलनको कार्यप्रतिबेदन सस्थाका महासचिब कौढा बुढा मगर र आर्थिक प्रतिवेदन कोषाअध्यक्ष दिलमान घर्ती मगरले प्रस्तुत गरेका थिए । दुबै प्रतिबेदनलाइ सर्बसम्मति बाट हाउँसले पारित गरेको थियो ।

दोष्रो चरणको कार्यक्रममा नेपाल मगर संघ जापानको १९९५ को बिधानमा केही हेरफेर गर्दै २ वर्षें कार्यकालको लागी निवर्तमान महासचिव कौढा बुढा मगरको अध्यक्षतामा १५ जना कार्यसमिति सर्वसम्मति बाट चयन गरिएको छ ।

 

जस्माउपाध्यक्ष :  गंगा घर्ती मगर  र श्रीबहादुर पुन मगर

महासचिव : धनकुमार बुँढा मगर

सचिव :  धन शेर्पुर्जा मगर

कोषाअध्यक्ष : तिर्थमान बुढा मगर

सह कोषाअध्यक्ष : राम कुमार बुढा मगर

सदस्यहरूमा : श्रीमती : सुनीता पुन मगर

लाल कुमारी बुढा मगर 

झकबहादुर थापा मगर

आलोक राना मगर

उपहार बुढा मगर

संगम रोका मगर

प्रकाश पुन मगर र

धनप्रसाद बुढा मगर चयन भएका छन् ।

कार्यक्रमको अन्त्यमा संघको २०औं बर्ष पुगेको शुभअवसरमा अतिथि गायक द्वय भवन सिं थापा मगरको बेजोड़ लोक तथा पप गितले र नृत्य कलाकार सीता शेर्पुर्जा मगरले धेरैलाइ नच्चाएका थिए । उपस्थित पाहुनाहरुलाइ भरपुर मनोरन्जन दिलाउदै कार्यक्रम सफल्ताका साथ सम्पन्न भएको थियो ।  

फोटो :अभिषेक बुढा मगर

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %