मिशन अस्पताल पाल्पा द्धारा अन्र्तक्रिया कार्यक्रम सम्पन्न

Read Time:3 Minute, 40 Second

देब पचभैया

पाल्पा, श्रावण २८ – युनाईटेड मिशन अस्पताल तानसेन पाल्पाको आयोजनामा अन्तरक्रिया कार्यक्रम बुधबार तानसेनमा सम्पन्न भएको छ ।

कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक रचेल कारखले अस्पतालको वर्षभरी गरिएका गतिविधीका बारेमा जानकारीगराएका थिए । उनले गत आर्थिक वर्षमा करीव २४ करोड, ५ लाख ६७ हजार ५ सय ४२ रुपिया आम्दानी  र २७ करोड, ४३ लाख, ७ हजार ९६ रुपिया खर्च भएको  आयव्यय प्रस्तुत गरेका थिए ।

फ्रि केयरको लागि १२ लाख ८ हजार २ सय ११ रहेको भन्दै करीव ५ ला ख घाटामा अस्पताल गएकोबताएका थिए  । उनले आगमी दिनमा अस्पतालको सेवामा स्तरउन्नती गर्ने योजना रहेको समेत बताए । कार्यकारी निर्देशक रचेल कारखले अस्पतालको लागि जग्गाको अभाव रहेको, पानीको समस्या रहेको गुनासो गरे ।

 कार्यक्रममा सहभागिहरुले अस्पतालाई समय परिस्थीति अनुसार परिवर्तन गराउदै लैजान सुझाव दिएका थिए । कार्यक्रममा नेपाली काँग्रेस पाल्पाका सचिव अजय कर्मचार्य, नेकपा एमालेका सचिव ओमवहादुर घर्तिमगर, एकिकृत नेकपा माओवादीका अध्यक्ष वशन्त शर्मा कुशल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष डुलवहादुर कुवँर, नेकपा–माओवादीका इन्चार्ज वसन्त घर्तिमगर, राष्ट्रिय जनमार्चाका टिकाराम पौडेल, पत्रकार झपेन्द्र गैरे, श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैया, सामुदायिक रेडियो मुक्तिनाथका समाचार प्रमुख मिलन विश्वकर्मा, होटल व्यवसायी संघका अध्यक्ष खडानन्द न्यौपाने लगायतले अस्पतालको सेवा सुविधालाई थप प्रभावकारी बनाउनको लागि आधुनिक प्रविधिको विकास गर्न सुझाव दिएका थिए ।

अहिले विरामीलाई दिईरहेको सेवा लाई अझै प्रभावकारी बनाउन अस्पताल व्यवस्थापक लाग्नु पर्ने भन्दै उनिहरुले सिटी स्क्यान, आइसियुको व्यावस्था, रगतको अभाव हुन नदिन सुझाव दिएका थिए । साथै अस्पतालमा सेवा दिने डाक्टर र सिस्टरहरुले विरामीसँग सरल र नरम व्यवहार गर्नुपर्ने पनि बताएका थिए । मिशन अस्पतालप्रति सबैको विस्वास अझै पनि रहेको भन्दै राम्रो सुविधान दिई विरामीलाई बचाउन सफल होस भन्ने कार्यक्रममा सहभागिहरुले शुभकामना दिएका थिए ।

कार्यक्रममा अस्पतालका प्रशासकिय अधिकृत भुवनेश्वर देवकोटाले विभिन्न समस्याका वावजुत पनि विरामीलाई उत्कृष्ठ सेवा दिन आफुहरु तल्लिन रहेको बताएका थिए । करीव ४ सय कर्मचारी रहेको मिशन अस्पतालमा विभिनन विरामीका विशेषज्ञहरु पनि रहेको उनले जानकारी गराएका थिए ।

 

0 0
Happy
Happy
0 %
Sad
Sad
0 %
Excited
Excited
0 %
Sleepy
Sleepy
0 %
Angry
Angry
0 %
Surprise
Surprise
0 %