देब पचभैया
पाल्पा, श्रावण २८ – सुनकोशी नदीबाट सिन्धुपाल्चोक र दार्चुलामा आएको बाढीपिडितहरुको सहयोग स्वरुप तानसेन स्थित कैलाशनगर बसन्तपुर मा रहेको कैलाश बसन्त मगर कल्याण समिति पाल्पाले बुधबार ८ हजार ७ सय रुपिया सहयोग पठाएको छ ।
समितिका अध्यक्ष हरीबहादुर बरही मगरको अध्यक्षतामा गएको समुहले बाढीपिडितको लागी सरकारले खोलेको प्रधानमन्त्री राहत कोषको खातामा पैसा राखिदिएको समितिका सल्लाहकार बलबहादुर राना मगरले जानकारी दिए ।
