देब पचभैया
पाल्पा,श्रावण २७
कृषकको जात्राको रुपमा परिचित रोपाई जात्रा आज पाल्पाका बिभिन्न स्थानमा मनाइएका छन् । सदरमुकाम तानसेनमा मात्रै चार गाउ बाट रोपाईजात्रा निकालिएको छ । रोपाई सकेका कृषकहरुले रोपाई र कृषकका सरसामाग्रीको प्रर्दशन गरी जात्रा निकालेका हुन् । पन्चे बाजाको तालमा रोपाहार, बाउसे, हली बनेर नाच गान गर्दे रोपाई निकालिएको छ । आज बिहान ७ बजे देखि नै बराङ्गी गाबिसको सापाखुम, अर्चले अनि तानसेनको धरमपानी, काजीपौवा लगाएतका स्थानमा बाट निकालिएको रोपाईजात्रा तानसेनमा देखाईएको छ । जात्रा देखाउदै सहयोग मागेर खर्चको जोहो गरेको उनीहरुले बताएका छन् ।


रोपाई जात्रा पाल्पाको खानीगाउ, हार्थोक, छहरा लगाएतका स्थानमा पनि निकालिएको छ ।
