विनोद रखाली मगर
स्याङ्जा , साउन २४ – अन्तराष्ट्रिय श्रम सङ्गठन १६९ महासन्धिमा नेपाल सरकारले हस्ताक्षर गरेको वर्षौ वितिसक्दा पनि आदिवासी जनजातिको अवस्था परिवर्तन हुन नसकेको भन्दै नेपाल सरकारले महासंघमा उल्लेखित अधिकार आदिवासी जनजाति समुदायले पाउनै पर्ने सभाषद् कमल प्रसाद पङ्गेनीले जिकिर गरे ।
२० औं विश्व आदिवासी दिवशको सन्दर्भमा स्याङ्जाको वालिङ्मा भएको वृहत अन्तरक्रिया तथा सांस्कृतिक कार्यक्रममा सभाषद् पङ्गेनीले उक्त विचार व्यक्त गरेका हुन् । उनले आदिवासी समुदायको पृथक भाषा, संस्कृति तथा रहनसहन राष्ट्रको गहना भएको भन्दै आदिवासी समुदाय नहाँस्दा सम्म नेपाल हाँस्नै नसक्ने ठोकुवा समेत गरे । नेपाली कङग्रेस स्याङ्काका सभापति समेत रहेका पङ्गेनी आफु आदिवासी समुदायकै वातावरणमा धेरै समय नजिक रहेको वताउदै अदिवासी जनजातिको समस्या देशकै समस्या भएकाले पहिचान सहितको सङ्घियताको पक्षमा नेपाली कङ्ग्रेस रहेको स्पष्ट पार्दै आफ्नो अधिकार माग्दा अरुको अधिकार हनन् हुन नहुने विचार व्यक्त गर्दै आदिवासी जनजातिको आवाज सदनमा उठाउने आश्वासन समेत दिए ।

कार्यक्रममा सङ्घिय समाजवादि पार्टि स्याङ्जा जिल्ला अध्यक्ष दिलिप थापा मगरले आदिवासी जनजातिलाई आदिवासी जनजातिकै राजनितिक दलका नेताहरुले अधिकार स्थापित गराउन वाधा पुर्याएको आरोप लगाउदै पहिचान सहितको सङ्घियता निमार्णमा कुनै कसुर वाकी नराखी अगाडि वढ्न आदिवासी समुदायलाई आग्रह गरे । थापा मगरले सदियौ देखि आदिवासीलाई राज्यले खेलाउना वनाएको धारणा राख्दै अवका आदिवासी जनजाति कसैको खेलौना वन्न नहुनेमा जोड दिए । नेकपा माओवादी वालिङ् नगर इन्चार्ज हुमवहादुर गुरुङ्ले राज्यले अधिकार दिन कन्ज्युस्याई गरे आदिवासी जनजातिले खोसेर भए पनि लिएरै छाड्ने ठोकुवा गरे ।

माझि उत्थान संघ स्याङ्जा जिल्ला र आदिवासी जनजाति युवा महासंघ जिल्ला समिति स्याङ्जाको सयुंक्त आयोजनामा भएको कार्यक्रममा तमु ह्युलका पश्चिमान्चल प्रमुख, गुरुङ् समुदायका वुद्धिजिवी ले. याम वहादुर गुरुङ, आदिवासी जनजाति महासंघ स्याङ्जाका अध्यक्ष तेज वहादुर आले मगर , नेपाल मगर संघ स्याङ्जाका अध्यक्ष हेमन्त थापा मगर ,आदिवासी जनजाति युवा महासंघका निवर्तमान केन्द्रीय उपाध्यक्ष इन्द्र तमु , नेपाल मगर महिला संघ स्याङ्जाका अध्यक्ष खगिसरा थापा मगर , नेपाल मगर संघ वालिङ् नगर अध्यक्ष क्या. डिल वहादुर थापा मगर , कुमाल सेवा समाज, भुजेल सेवा समाज, नेवा खल, लगाएतका प्रतिनिधिहरुले विश्व आदिवासी दिवशको सन्दर्भमा शुभकामना दिदै चर्चा परीचर्चा र आफ्ना भनाईहरु राखेका थिए ।

कार्यक्रम पूर्व माझि उत्थान संघ , तमु समाज, नेपाल मगर संघ , कुमाल सेवा समाज , भुजेल समाज लगाएत का जातिय समुदायको सहभागितामा व्यानर सहित विशाल र्याली मिर्दि देखि कार्यक्रम स्थल उधोग वाणिज्य संघ वालिङ्को सभाहल सम्म निकालिएको थियो । कार्यक्रमकै अवशरमा आदिवासी जनजाति सम्वन्धि १५ वुदें ज्ञापन पत्र सभाषद् कमल प्रसाद पङ्गेनी लाई आदिवासी जनजाति महासंघ स्याङ्जा का अध्यक्ष तेजवहादुर आले मगरले हस्तान्तरण गरेका थिए ।
माझि समुदायका विज्ञहरुको समेत सहभागिता रहेको विश्व आदिवासी दिवश सन्दर्भ कार्यक्रममा माझि समुदायका विभिन्न पक्षहरुका वारेमा वक्ताहरुले भनाई व्यक्त गरेका थिए । माझि समुदायका कलाकारहरुले विविध सांस्कृतिक झलकहरु प्रस्तुत गरेका थिए । आदिवासी जनजाति युवा महासंघ स्याङ्जाका सचिव मोहन गुरुङ्को स्वागत सङ्गै सुरु भएको कार्यक्रमको सन्चालन महासंघका अध्यक्ष मन वहादुर थापा मगरको सन्चालन र माझि उत्थान संघ स्याङ्जाका अध्यक्ष सूर्य माझिको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।
